व्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण

उमेश बि.क, नवलपरासी, ९ असार
नवलपरासीको सरावल गाउँपालिकाले किसानहरुलाई कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि कृषि उपकरण हस्तान्तरण गरेको छ ।
निजि तथा ब्यवसायिक फमकाे लागि उपकरण खरिदमा ५० प्रतिशत अनुदान वापत ५ अाेटा चाप कटर (चारा काट्ने मेसिन), सरावल १ बासाकाे कैलाश यादव, वडा नं.२ मनरीका रमेश यादव, वडा नं. ४ गाेबरहियाकि दुर्गावति यादव, वडा नं.६ गडाैरीकाे सुरेश यादव तथा वडा नं. ६ पुसाैलिका उमेश गुप्तालाई प्रदान गरिएको पालिकाले जनाएकाे हाे ।  त्यस्तै, वडा नं. २ मनरीका जगदिश यादव ,वडा नं. ४ ललितपुरका इन्दल यादवलाइ २ ब्रस कटर हस्तान्तरण गरिएको हाे।
हस्तान्तरण कार्यक्रम सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा सञ्चालन गरिएकाे थियाे ।