विद्यार्थीहरूकाे सहभागितामा वृहत् सरसफाई कार्यक्रम 

सहबान अन्सारी, १९ कार्तिक ।
नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ४ नर्सहीमा साेमवारका दिन आज वृहत् सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा करिब  ५ सय बिध्यार्थीहरुको सहभागिता सञ्चालन गरीएको थियो ।
 कार्यक्रम गोकुलनगरबाट सुरु भई साबिक नर्सही गाविसको वडा नं १ देखी वडा नं ९ सम्म सरसफाई गरिएको थियो । साथै गाऊको मुख्य चोकहरुमा डस्टबिन राखी उक्त डस्टबिनमा फोहोर फाल्ने आग्रह समेत गरिएको थियो ।
विकाश संवाद केन्द्र गोकुल नगरको आयोजना तथा सुस्ता गाऊपालिकाको कार्यालय, स्ट्रोम फाउण्डेसन, र ए.बि.सी नेपालको आर्थिक सहयोग तथा आयुष बिविध सेन्टर नर्सही, पुजा किराना स्टोर्स नर्सही र सिहं सप्लायर्स नर्सहीको  सहयोगमा गरिएको कार्यक्रममा बुवा संवाद केन्द्रका अध्यक्ष रामा शंकर गुप्ता अध्यक्षता तथा सुस्ता गाऊपालिका प्रमुख  राम प्रसाद पाण्डेको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा दिनानाथ यादव, राज किशोर गुप्ता, भागिरथी पाल, ललिता हरिजन, साईदा निशा पठान, कन्हैया लाल कानु लगायतहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल राष्ट्रिय मा.वि. र  सहिद बिष्णु पाण्डे आधारभुत बिध्यालयका करिब  ५ सय बिध्यार्थीहरुको सहभागिता रहेको थियो ।