घुस रकम सहित विद्युत कर्मचारी पक्राउ

श्याम थापा

नवलपरासी, ३० श्रावण ।

नवलपरासीको त्रिवेणीमा रहेको नेपाल विद्युत प्राधिकरण उपवितरण केन्द्रका दुई जना कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सेवाग्राहीबाट लिएको ४६ हजार ५ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उपवितरण केन्द्र, त्रिवेणीका चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीका कार्यरत प्राविधिक नारायण कुर्मी रहेका छन् ।

उनीहरुले थ्रीफेज लाइनको मिटर जडान गर्न हाकिमसित सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस रकम सहित पक्राउ गरेकाे जनाएकाे छ ।

कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिईएका काफ्ले र कुर्मीलाई सोधपुछ गर्दा त्रिबेणि उप बितरण केन्द्रका प्रमुख बिजय महराले सेवाग्राहीसंग घुस लिन लगाएकाे बताएपछि गएराती महरालाई पनि अख्तियारले पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जना कर्मचारीसंग अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here