विद्यालय व्यवस्थापन समितिकाे गठन सम्पन्न

सहबान अन्सारी, साउन २९ नवलपरासी ।

नवलपरासीकाे प्रतापपुर गाऊपालिका ६ मा रहेकाे जन जागृति माध्यमिक बिद्यालय गुठी परसौनीमा बिद्ययालय ब्यस्थापन समितिको नयाँ कार्य समिति आज चयन भएको छ ।

मतदानबाट ४ जना छनाैट भई अाए पश्चात् मंगलवार थप दुई जना मनाेनित गरिएका हुन् ।
मतदान प्रकृयाबाट बच्चन चमार, शिवनाथ अहिर, प्रतिमा चमार र रामसति देवी कोईरी सदस्य पदमा छनाैट भई अाएपछि अाज बसेकाे बैठकले सुजित कुमार गुप्त र सत्यभामा खवासलाई मनोनित गरेकाे थियाे । साेहि बैठकले गुप्तलाई अध्यक्षमा मनाेनित गरेकाे छ ।
मतदान साउन २५ गतेका दिन भएकाे थियाे भने विगत १ वर्षदेखि विद्यालय समिति विहिन बनेकाे थियाे ।

नवगठित समितिका पदाधिकारीहरुलाई प्रतापपुर गाऊपालिका प्रमुख राजकुमार शर्माले सपथ दिलाएकाे विद्यालय श्राेतले जनाएकाे छ ।