विकल्प द्वारा व्यावसायिक च्याउ खेती तालिम

उमेश बि.क नवलपरासी /कार्तिक १६ ।

नवलपरासीको सुस्ता गाउँ पालिका १ फेचुहामा विहिवारदेखि २ दिने ब्यवसायिक च्याउ खेती तालिम सुरु भएको छ  । बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा तालिम गरिएको हाे ।

चेतना कृषक समुहकि अध्यक्ष सिता चाैधरीकाे अध्यक्षतामा तथा रुपाैलिया स्वास्थ्य चाैकि इन्चार्ज अशोक कुमार पान्डेयकाे प्रमुख अातिथ्यतामा २ दिने ब्यवसायिक च्याउ खेती तालिम सुरु भएकाे हाे । कार्यक्रममा बाेल्दै स्वास्थ्य चाैकि इन्चार्ज पान्डेयले च्याउ खेती तालिम अहिलेकाे अवस्थामा महिला दिदिबहिनीहरुकाे लागि अति अावश्यक छ। यसले बेरोजगारीलाई कम गर्नकाे साथै सिपमा अभिबृद्धि गरि दक्ष जनशक्ति तयार पार्दछ।

च्याउ खानाले मुटुराेग, मभुमेह तथा पेट सम्बन्धि राेगमा लाभदायक हुन्छ र यसलाई ब्यवसायिक रुपले खेती गर्दा अार्थिक रुपले बलियाे भईन्छ भन्ने कुरामा जाेड दिनु भएको थियोे । साे तालिममा बर्दघाट नगरपालिका र सुस्ता गाउँ पालिका गरि ३० जनाकाे सहभागीता रहेको थियो । तालिमकाे प्रशिक्षण बिकल्पका कृषि प्राबिधिक राम नगिना गुप्ताले गर्नु भएको थियोे ।