DCIM108MEDIA

लुम्बिनी ।

राज्यले बुद्ध जन्मस्थल लुम्बिनीलाई स्मार्टसिटी बनाउने अवधारणा ल्याईरहेको बखत अखिल नेपाल भिक्षुु महासंघका महासचिव भिक्षु कौडिन्यले लुम्बिनीलाई अध्यात्मिक केन्द्रको रुपमा बिकास गर्न आवश्यक रहेको बताएका छन । सो कुरा उनले राजकीय बौद्ध बिहारको आयोजनामा भिक्षुसागर धम्मको तीन महिना बर्षकाे बास पछि कथिन चीवरदान सामारोहलाई सम्बोद्धन गर्दै बताएका हुन ।

उनले शान्तिका लागि संसार भरिका बौद्धमार्गी भिक्षुहरु एकान्तबासमा ध्यानमा लीन रहन लुम्बिनी आउने गरेको हुदा बुद्ध जन्म स्थल लुम्बिनीलाई ब्यापारिक केन्द्र बनाउनु भन्दा बिश्वशान्तिको केन्द्रबिन्दुको रुपमा आध्यात्मिक योजनाहरु राज्यले अघि बढाउन पर्ने जिकिर गरे ।

बौद्ध महासंघका महासचिव भिक्षुकौडिन्यले लुम्बिनीमै जन्मेका बालक सिद्धार्थ बुद्ध बनेर दिएको उपदेश गृहणगरि कतिपय राष्ट्रहरुले शान्ति र बिकासको पथमा लम्किन थालेको हुदा नेपालले बुद्धको शिक्षालाई सर्बोपरि ठानी आध्यात्मिक गतिबिधीलाई योजनाबद्ध ढंगले अघि बढाएमा नेपालको समग्र बिकासको सम्बाहक लुम्बिनी रहेको सुझाव स्वरुप भने ।

बुद्धजन्मस्थल लुम्बिनीलाई आध्यात्मिक केन्द्रबिन्दुकोबिकास सँगै संसारभरिकाबौद्धमार्गीहरु लुम्बिनीमा आएर बुद्धशिक्षा ग्रहण पश्चात बिश्वशान्ति स्थापना र राष्ट्रबिकासको दुबै फाईदा नेपालले लिन सक्ने भएको कारण आध्यात्मिक बिकासको अल्पकालीन तथा दीर्घकालीन रुपमा नीति तथा कार्यक्रमहरुअघि बढाउनु पर्ने भिक्षु कौडिन्यको भनाई थियो ।

कार्यक्रममा राजकीय बौद्धबिहारलुम्बिनीका प्रमुखभिक्षु सागरधम्मले नेपालमा हीराको खानी लुम्बिनीहुदा हुदै पनि देशकायुवाशक्ति बिदेश पठाउनु भन्दा लुम्बिनीकोआध्यात्मिकताकोबिकासमा परिचालन गराउनुकासाथै बिदेशमा रहेका युवाहरुलाई त्यहा बुद्धशिक्षा र लुम्बिनीको प्रचारप्रसारमा जिम्मेवारी सुम्पिनु पर्ने बताए ।

सो अवसरमा लुम्बिनी बौद्ध बिश्व बिद्यालयका क्याम्पसचीफ फडेन्द्रन्यौपाने,लुम्बिनी साास्कृतिकनगरपालिका मेयर मनमोहन चौधरी, उपमेयरजानकीदेबी श्रीवास्तव , लुम्बिनीधर्मोदयउपसमितीका चकोरमान साक्य तथा लुम्बिनी बौद्धमहिला समतीका अध्यक्ष यमुनादेबी पौडेल लगायतले लुम्बिनीआध्यात्मिककेन्द्र बिकासकालागि जोडदिएका थिए