लागू अाैषधि सहित पक्राउ

संजय कुशवाहा / पश्चिम नवलपरासी माघ ७

नवलपरासीको (बर्दघाट सुस्ता पुर्व) विनई त्रिवेणी गाउपालिका त्रिवेणी ब्यारेजबाट लागु औषध सहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी ब्यारेज संग जोडिएको भारतको विहार प्रदेशको बालमिकिनगर बजारबाट पैदल आउदै गरेको आफुँलाई खानका लागि नेपाल भित्राईरहेको बेला प्रहरीले चेकजाँच गर्ने क्रममा ति युवकहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपाललिका वाड न. ४ बस्ने वर्ष ३७ का नवीन सुनार र विनई त्रिवेणी गाउपालीका वडा न.७ बस्ने वर्ष २८ का संदिप शार्की रहेका छ ।
पक्राउ परेका युवकहरू संग ४८ केपसुल स्पासमो र ३० ट्याब्लेट नाईट्रो भेट रहेको ईलाका प्रहरी कार्यालय त्रिवेणीका सई कृष्ण शाहले जनाएका छ ।
युवकहरू अहिले ईलाका प्रहरी कार्यालय त्रिवेणीको नियन्त्रणमा छन् ।