नवलपरासी मंसीर २७ गते ।

नवलपरासी प्रहरीले बुधवार प्रतापपुर गाउंपालिका वडा न ९ खैरहनीकाे सम्झना चाेकबाट लागु अाैषधि सहित दुई जना युवकलाई पक्राउ गरेकाे छ ।

जिल्लाकाे दक्षिणी सिमा क्षेत्र भुजहवा नाकाबाट भारतीय बजार लक्ष्मीपुरबाट खरिद गरी नेपाल भित्र्याउदै गरेकाे अवस्थामा चेकजाच गर्दा लागु अाैषधि बरामद भएकाे हाे । प्रहरीले अाेसारपसारमा संलग्नहरूलाइ नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नं. ६ बस्ने वर्ष १७ काे पारस रसाइली र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. ९ बस्ने १८ बर्षिय सराेज परियार रहेकाे प्रहरीले जनाएकाे छ ।

चेकजांचकाे क्रममा दुबैबाट नुफिन २० वटा, फेनारगम २६ वटा, सेरिजाक २४ वटा, स्पास्माे ट्याबलेट ८ वटा र नाईट्राेभेट ४५ वटा गरिएकाे ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब नीरिक्षक रामभराेस बनियाले बताउनुभयाे । प्रहरीले पक्राउ परेका दुबै जनालाइ कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाईने नायब निरिक्षक बनियाले जानकारी दिनुभयाे ।

बनियाले विगत लामाे समयदेखि सिमामा बढ्दै गईरहेकाे लागुपदार्थ दुर्ब्यसनीलाई नियन्त्रण गर्ने उदेश्यले ईलाका प्रहरी कार्यालय सेमरीले अभियान चलाएकाे बताउनुभएकाे छ ।

सीमामा तस्करी बढनुका साथै लागु पदार्थ अाेसारपसारकाे क्रम बढेकाे समाचार अनलाइन जनता डटकममा प्रकाशन भएपछि प्रहरीले सीमामा निगरानी बढाएकाे छ । अनलाइनजनताले गरेकाे समाचार फाेलाेअपकै कारण यसअघि पनि राजश्व गस्ती टाेलीले नवलपरासी सीमाबाट भारी मात्रामा तस्करीकाे सामान बरामद गरी कार्वाही चलाएकाे थियाे ।