लाइन्स क्लब अफ नवलपरासी सुस्तामा पाठक

श्याम थापा
सुस्ता २० भाद्र
लाइन्स क्लब अफ नवलपरासी सुस्ताको अध्यक्ष पदमा ज्ञान प्रसाद पाठक सन्तोष सर्वसम्मत चयन हुनु भएको छ ।
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको सभाहलमा भएको भेलाले लाइन्स क्लब अफ नवलपरासी सुस्ताको अध्यक्ष पदमा पाठकलाई चयन गरेको हो ।
भेलाले ज्ञान प्रसाद पाठकको अध्यक्षयतामा २७ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा दिल्ली राम काफ्ले,द्वितीय उपाध्यक्षमा बिष्णु प्रसाद ढकाल,तृतीय उपाध्यक्षमा खगेन्द्र आर्याल,सचीवमा श्याम बुचा मगर र कोषाध्यक्षमा केशव ज्ञवाली रहनु भएको छ ।
भने त्यस्तै डाइरेक्टरहरुमा राम प्रसाद पाण्डे,कृष्ण लाल मुखिया,इन्द्र कुमारी थरुनी,बिध्या अर्याल र राम प्रसाद भट्टराई रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा कुल चन्द्र उपाध्याय,रेश्मा कुमारी जोशी,नबिन डुम्रे,सुरज डुम्रे,सुरज ज्ञवाली,रमाशकर गुप्ता,ईश्वर प्रसाद उपाध्याय,कमल आमत्य,महेश सिंह चौधरी,भिमलाल मुखिया,गोबिन्द राज पाठक,पर्मोद कुमार थापा,लख्खु प्रसाद यादव,सुरेन्द्र प्रसाद गुप्ता,ज्ञान प्रसाद खनाल र राम भवन लोनिया रहनु भएको छ ।