रोग प्रतिरोधक शक्ति बढाउने आयुर्वेद अौषधि वितरण

संजय कुशवाहा, नवलपरासी १४ भदौ .
कोरोना संक्रमितको संख्या बढन थालेपछि प्रतापपुर गाँउपालिकाले संक्रमित व्यक्तिलाइ अायर्वेदिक अाैषधि उपलब्ध गराउने योजना बनाएको छ ।
संक्रमितकाे स्वास्थ्य सुधारका लागि तथा संक्रमण भए पश्चात स्वास्थ्य अवस्था बिग्रिन नदिनका लागि  च्यवनप्रास, अस्वगन्ध ,गिलोय चुर्ण र अमृत क्वाथ चिया बितरण गर्ने बताइएकाे छ । 
आयुर्वेद औषधिले प्रभावकारी काम गरेकाेले पछिल्लाे समय मानिसहरु आयुर्वेद उपचार पद्दति तर्फ आकर्षित हुदै गएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका आयुर्वेद उपचार शाखामा बिरामीहरु सेवा लिइरहेको शाखाले जनाएकाे छ ।
प्रतापपुर गाउँपालिका वडा न.४, ५, ७ र ९ वडामा भेटिएका कोरोना संक्रमितहरूको घरमै अाैषध पुर्याउन जाेड दिइएकाे छ । अाैषधिले संक्रमितलाई तन्दुरुस्त रहन तथा शारीरिको रोग प्रतिरोधक शक्ति बढाउने भएकाले कोरोना महामारीकाे वेला शारीरको रोग प्रतिरोधक शक्ति बढाउने विश्वास लिइएकाे छ । 
गाउँपालिका भित्र पर्ने ईलाका प्रहरी कार्यालय बेलाटारी र सशस्त्र प्रहरी नेपाल बोडर आउट पोस्ट गुठी परसौनीलाई बितरण गरिने याेजना रहेकाे छ ।