रेसुंगामा पर्यटकिय क्षेत्र विकास हुदै

नरेश के.सी. तम्घास, फागुन १० ।

धार्मिक पर्यटनको केन्द्र रेसुंगाको काखमा रहेको भाडागाउ पदेलपोखरा स्थित शिवालय मन्दिर यतिबेला आन्तरिक पर्यटनकोे केन्द्र बन्दै गइरहेको छ ।

नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपालको राष्टिय पर्यटन रणनीतिक योजना (२०१६—२०२५) मा समेत उल्लेखित रेसुंगा र त्यसको काखमा रहेको शिवालय मन्दिरमा दैनिक सयौं धार्मिक पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् ।

विक्रम सम्बत २०४४ सालमा तत्कालिन गाविस सचिव शेरजंग बहादुर बस्नेतको सक्रियतामा स्थापना भएको उक्त मन्दिर शक्तिपीठको रुपमा स्थापीत हुदैं आएको छ । दैनिक विहान बेलुका नियमित पुजापाठ र भजन कृतन हुने उक्त मन्दिरको क्षेत्रलाई मन्दिरटोल समेत भनेर स्थानियले चिन्ने गर्दछन् ।

प्रत्येक वर्ष साउन १५ गते वार्षिकाेत्सवको रुपमा कार्यक्रम गरिने उक्त मन्दिरमा शिवारात्री, कृष्णाष्ठमी, गणेश चौथी, नागपन्चमी, अक्षय तृतिया, सतविऊ छर्ने दिन विशेष मेला र पुजापाठ हुने गर्दछ । उक्त मन्दिरमा अन्य दिनमा पनि भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । आफुले माग गरेको बरदान पुरा हुने , सन्तान नभएका विवाहित दम्पतिले त्यहां गई सन्तानको बर मागेमा त्यो पुरा हुने गरेको प्रमाणीत भएको मन्दिरका पुजारी अनन्तराम पाण्डेले दाबी गरे ।

मन्दिरमा आएर बर मागेका १५ जना दम्पतिले सन्तान प्राप्ती गरिसकेका प्रमाणीत भइसकेको स्थानियबासी समेत रहेका पण्डीत विश्वनाथ पन्थिले बताए ।

गुल्मी सदरमुकाम तम्घासदेखी ३ किलोमिटर पूर्व उत्तर साविकको अर्खले गाविस हालको रेसुंगा नगरपालिका वडा नम्बर ३ उपल्लो भाडागाउ पदेलपोखरामा पर्ने उ क्त क्षेत्रमा जाना आउनकोलागी तम्घासदेखी कच्ची मोटरबाटो समेत छ ।

गुल्मी, अर्घाखाची, प्यूठान, बाग्लुग र पाल्पाबाट उक्त मन्दिरको दर्शनमा आउने गरेको मन्दिर व्यवस्थापन समितीको अध्यक्ष शेरजंग बहादुर बस्नेतले बताए । सुन्तला उत्पादनको पकड क्षेत्र समेत रहेको उक्त स्थलमा धार्मिक पर्यटक मात्रै नभई प्रकृति पर्यटकहरुको पनि बाक्लो उपस्थिति रहने गरेकोे अध्यक्ष बस्नेतले जनाए ।

मन्दिरको शिरमा विश्वकै चर्चित रेसुंगा, पुर्वपट्ठि साउनेको सामुदायीक जंगल र चौताराको गौशाला, भाडागाउका सुन्तला र तरकारी खेतीले जत्ति मान्छेलाई आर्कषीत गर्ने गरेको छ त्यो भन्दा बढी मन्दिरको दैवि शक्तिको प्रभाव र विश्वासले मान्छेहरु तान्ने गरेको ६५ वर्षीय सामाजिक कार्यकर्ता शेरजंग बहादुर बस्नेतले जनाए ।

उक्त मन्दिरको योजनाबद्ध विकासकोलागी रेसुंगा नगरपालिका वडा नम्बर १ तम्घास निवासी रमेश थापा र उनको श्रीमति कुश्मा थापाको परिवारले अहिले सम्मकै १ लाख १ हजार ५ अक्षयकोष वापत सहयोग गरेका छन् । सो कोषमा अन्य व्यक्तिले समेत सहयोग गरिरहेका छन् । उक्त क्षेत्रमा ईईसी परियोजनाले एउटा भवन समेत निर्माण गरिदिएको छ ।

चैत्र बैशाखमा समेत चिसो मौसम रहने उक्त क्षेत्रको योजनाबद्ध विकासकोलागी बैकुण्ठ बहादुर चन्द (पुर्व सांसद), स्वर्गिय रविलाल थापा (जिविस पुर्व सभापति) लगायतले महत्वपुर्ण भूमिका खेलेको भएता पनि हालका नेताहरुले खासै महत्व नदिएकोप्रति भने स्थानियबासीन्दा चिन्तीत देखिएका छन् ।

गुल्मीबाट हाल संघीय सांसद रहेका एमालेका गोकर्ण विस्टको क्षेत्र मानिने उक्त जिल्लाबाट प्रतिनिधीत्व गर्ने प्रदीप ज्ञवाली अर्थमन्त्री बन्ने चर्चाले गर्दा सो क्षेत्रको विकासमा आर्थिक कमि नहुने विश्वास व्यक्त गरेका छन् । कांग्रेसका प्रभावशाली नेता चन्द्र के.सी, डा. टिकाराम पन्थि, कृष्ण बहादुर कुवंरको वडा समेत रहेको उक्त क्षेत्रको विकासकोलागी कांग्रेस नेता चन्द्र भण्डारी, माओवादी नेता सुदर्शन बराल, खड्क के.सी, पुर्व मुख्यसचिब तथा हाल चिनकालागी नेपाली राजदुत लिला मणी पोखरेल लगायतले ध्यान मात्रै दिएमा प्रकृति र धार्मिक पर्यटनको विशेष संगमको रुपमा पदेलपोखरा क्षेत्रलाई विकास गर्न सकिने स्थानिय बासीले विश्वास व्यक्त गरे ।