काठमाडौं, ९ पुस ।

नेविसंघले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेश रोकेको भन्दै राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ । नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्ति बाटिकासम्म प्रदर्शन गरेको छ ।

प्रदर्शनमा  सहभागीहरूले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर’ जस्ता नारा लगाएका थिए । संघले राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवैधानिक गतिरोध सृजना गर्न खोजेको आरोप लगाएको छ । साभारः नयापत्रिका