खेतकाे बाली उखेल्दै केही व्यक्तिहरूकाे समूह

नवलपरासी २९ भदाै ।

सुस्ता गाउंपालिकामा एक किसानकाे खेतमा राेपिएकाे केरा लगायतका बालीनाली नष्ट गर्नुका साथै एकाविहानै पुगेकाे केही व्यक्तिहरूकाे समूहले किसानलाइ परिवारलाइ कुटपिट समेत गरेकाे घटना चर्चामा आएपछि राजनीतिक दाउपेच उजागर भएकाे छ । घटना पछाडि राजनीतिक पदाधकािरीकाे हात रहेकाे बताइएकाे छ ।

घटनालाइ विवादित रूप दिन झेल गर्नका लागि उक्साहटमा आएका केही व्यक्तिहरूले खेतमा काममा व्यस्त रहेका किसानकै अगाडि लगाइएका बाली उखेलेर फाल्न थाले ।

बाली उखेली रहेकाे समुहलाइ राेक्न खाेज्दा आफुहरू कुटिनु परेकाे किसान रमेश पाठकले अनलाइनजनतासंगकाे कुराकानीमा बताए । उनले भने, बाबुबाजेले अर्जेकाे जग्गा हामी तेश्राे पुस्ताले कमाइ खादै आएका छाैं । नरसही जंगल कटान भइ आवादी भैरहेकाे बेला विसं. २०१६ सालमा हाल आवादी गरेकाे साे जग्गा हाम्राे अभिभावककाे पहुंच नपुगेर दर्ता गर्न पाएनाैं । छरछिमेकका जग्गा दर्ता भए । बुवा र काकाले दर्ता गराउन सक्नु भएन । दर्ता हुन बाकी रहेकाले हाम्राे कमजाेरीकाे फाइदा उठाउदै केही व्यक्तिहरू गिद्धे दृष्टि लगाएका छन् ।

राजनीतिक स्वार्थ सिद्ध गर्न खाेजेका केही पदाधिकारीले आफ्नाे पक्षमा पार्नका लागि स्थानीय जनतामा भ्रम छरेर मेराे जग्गा कब्जा गर्न खाेजेकाे बताए । २५र ३० जनाकाे संख्यामा आएका महिला पुरूषहरूकाे समुहले खेतमा लगाएकाे केरा, मुगफली लगायतका बालीनाली उखेलेर फाल्न थाले । राेक्नका लागि सम्झाइ बुझाइ गर्न खाेज्दा म, मेरी बुढी र छाेराछाेरीलाइ नराम्ररी कुटेका हुन् ।

आफुले घटनाकाे भिडियाे रेकर्ड गर्न खाेज्दा म माथि आक्रमण गर्नेहरूमा महातम कहांर, स्वामीनाथ कहांर, श्रीप्रकाश चमार, लाेकइ चमार र सामा भेंडिहार लगायतका व्यक्तिहरूले कुटपिट गरि घाइते बनाएका हुन्, पाठकले भने ।

सुस्ता गाउंपालिकाकाे वडा नं. ४ नरसही तथा साविककाे नरसही गाविस वडा नं. २ मा रहेकाे १ विगहा ३ कट्ठा ११ धुर जग्गा हामी २०१६ सालदेखि जाेतभाेग मात्र हैन, तिराे समेत तिरेकाे रसिदहरू देखाए । गाउंपालिकाकाे निर्वाचन पश्चातका केही पदाधिकारीले जनता उक्साएकाे शंका रहेकाे पाठकले भने ।

भदाै २८ गतेका दिन भएकाे साे घटनाले आफुमाथि ठुला अन्याय भएकाे भन्दै पाठकले न्यायका लागि लड्ने बताए । स्थानीयवासीकाे जनमत मसित छ, तर राजनीतिक लाभका लागि उक्साइएका केही व्यक्तिहरू म माथि हमला गरेका हुन् । उंहाहरूसित कुनै आधार छैन ।