युवा संघ नेपाल र वाइसीएल नेपाल सुस्ताले गर्‍यो शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम

श्याम थापा
सुस्ता ६ चैत


पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ४ नर्सहीमा युवा संघ नेपाल र वाइसीएल नेपाल सुस्ता नवलपरासीले हिन्दुहरुको महान पर्वको रूपमा मानिने होली पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

युवा संघ नेपाल सुस्ता गाउँपालिकाका अध्यक्ष ईश्वर प्रसाद उपाध्यायको अध्यक्षयतामा र प्रदेश न ५ को प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार अधिकारीको प्रमुखअतिथ्यतामा भएको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा होलिलाई रंगोत्सव पर्वको रूपमा मानिने भएकोले नेपाल कम्युनिस्ट पार्टी सुस्ता गाउँपालिकाका कार्यकर्ताहरु बिच एक आपसमा होलीको रङ्ग जस्तै सम्बन्ध पनि कायम रहने उद्वेश्यले कार्यक्रम गरिएको नेकपा सुस्ता गाउँपालिकाका अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषले बताउनु भयो ।

सो कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे,जिल्ला खेलकुद बिकास समिति पश्चिम नवलपरासीका अध्यक्ष कुमार आले,नेकपा प्रदेश न ५ को प्रदेश कमिटी सदस्य बृहस्पति अधिकारी,युवा संघ नेपाल पश्चिम नवलपरासीका जिल्ला संयोजक युवराज डुम्रे र सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।