युरिया माेलासिस मिनरलस ब्लक निर्माण तालिम सम्पन्न

पाैष १५, २०७४, उमेश बि.क नवलपरासी ।

नवलपरासीको सुस्ता गाउँ पालिका १ छिबनिमा २ दिने युरिया माेलासिस मिनरलस ब्लक निर्माण तालिम सम्पन्न भएको छ। बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा तालिम गरिएको हाे। जनजागृति कृषक समुहकाे अध्यक्ष मिठु खनालकाे अध्यक्षतामा तथा बिकल्पकाे कार्यक्रम संयाेजक सराेज कुमार गाैतमकाे प्रमुख अातिथ्यतामा २ दिने युरिया माेलासिस मिनरलस ब्लक निर्माण तालिम अाज सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै कार्यक्रम संयाेजक गाैतमले युरिया माेलासिस मिनरलस ब्लक निर्माण तालिम अहिलेकाे अवस्थामा महिला दिदिबहिनीहरुकाे लागि अति अावश्यक छ। यसले कृषि क्षेत्रमा बिशेष भुमिका खेल्दछ , पशुपालक कृषकलाई युरिया माेलासिस मिनिरल ब्लक र खनिज ढिक्का निर्माण गराई नियमित पशुलाई चटाएर पशुको स्वास्थ्य र दूधकाे गुणस्तरमा बृद्धिगरी अार्थिक स्तरमा वृद्धि गर्ने काम गर्दछ । साथै तालिममा सहभागी सम्पूर्ण जनालाई परिक्षणका लागि एक महिना सम्म नियमित एउटा पशुलाई चटाउदा त्यस पशुकाे पहिलेको अवस्था र हालकाे अवस्थामा दूध र पशुमा अाएकाे सुधारलाई फरकपन हुनेछ भन्ने कुरामा जाेड दिनु भएको थियोे । साे तालिममा सुस्ता गाउँ पालिकाे ३४ जनाकाे सहभागीता रहेको थियो । तालिमकाे प्रशिक्षण बिकल्पका कृषि प्राबिधिक राम नगिना गुप्ता र मन्जु चाैधरीले गर्नु भएको थियाे ।