मुक्तिनाथ विकास बैंककाे सामाजिक दायित्व

  • नवलपरासी असाढ १० गते ।

नवलपरासीकाे गाेपीगञ्जमा संचालनमा रहेकाे मुक्तिनाथ विकास बैंकले सामाजिक क्षेत्रमा काम गर्न थालेकाे छ ।

“आजको आवश्यकता, विद्यार्थीमा वित्तीय साक्षरता” भन्ने मुल नाराका साथ आदर्श बोर्डिङ स्कुल सेमरीमा बैंकले १८५औं वित्तीय साक्षरता कार्यक्रम गरेको हाे ।

असाढ १० गते अाईतवार अायाेजित यश कार्यक्रममा बैंककाे तर्फबाट गाेपीगञ्ज शाखा प्रमुख दिपक अधिकारीकाे प्रस्तुती रहेकाे थियाे । त्यस्तै डाईभरटाेल शाखा प्रमुख कमल ज्ञवाली, भुमही शाखा प्रमुख राेशन शर्मा, रामनगर काेलेनी डेस्क प्रमुख वसन्त केमकाे प्रस्तुती रहेकाे थियाे ।

कार्यक्रममा निखिल गाैतम, रुचि बर्मा र प्रिन्सिपल कृष्ण अाचार्यले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

कार्यक्रममा कलष्टर एवम बुटवल शाखा प्रमुख गाेविन्द अधिकारी र बुटवलमा अनुगमन अधिकृत लवसुदन सिंहकाे गरिमामय  उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा शिक्षक, विद्यार्थी र सामाजिक दायित्वका व्यक्तित्वहरुले जिवनमा अत्यन्तै उपयोगी हुने नयाँपनको कार्यक्रमको लागि बैंक प्रति आभार तथा धन्यबाद प्रकट गर्नु भएको थियो ।