मितेरीको पाचौं वार्षिक साधारणसभा

संजय कुशवाहा /नवलपरासी मंसिर २८

मितेरी कृषि सहकारी संस्थाको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा मितेरी कृषि सहकारी संस्थाको पाचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सुरेन्द्र चौधरी ज्युको अध्यक्षता तथा प्रतापपुर गाउपालिका प्रमुख राजकुमार शर्माको प्रमुख अथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाऊपालिका प्रमुख शर्माले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । अाफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र अावश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक ब्यक्तिकाे लागि अावश्यक छ । सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्छ ।

आगामी दिनमा सहकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । सहकारी संस्थाकाे पाचौं सधारण सभामा वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव, वडा न. ८ का अध्यक्ष कादिर अली अन्सारी, गण्डक संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता, राष्ट्रिय सहकारी संस्थाको संस्थापक सदस्य मुक्तिनाथ पाण्डे, शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको सचिव भोला प्रसाद कुर्मी, आर.पि उपध्याय, पुर्व भु आर्जन अधिकारी विश्व बन्धु यादव, लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

२०७१ सालमा स्थापना भएको सहकारीले ४ करोड १० लाख ६० हजार ९ सय ५६ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको संस्थाको ब्यवस्थापक कृष्ण मोहन गुप्ताले जानकारी दिनुभएको छ ।