मालपोत प्रमुखलाई कालोमाेसो दल्ने दुई पक्राउ

नवलपरासी, ३१ भदौं ।

नवलपरासीको कावासोती नगरपालिकामा रहेको मालपोत कार्यालयका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमाेसो दलेकाे अाराेपमा नवलपरासी प्रहरीले दुई जनालाइ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा देवचुलि नगरपालिका ११ कुनाघाट बस्ने वर्ष ५३ का चितलसिँह राना मगर (मंगलसेन) र सुनवल नगरपालिका १२ रामनगर वस्ने प्रेम ढकाल (पृथ्वी) लाई प्रहरीले पक्राउ गरेको इप्रका नवलपुरले जनाएकाे छ । दुबैजना नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका हुन् ।

मंगलसेन जिल्ला सचिव हुन् भने पृथ्वी जिल्ला सदस्य रहेकाे इन्चार्ज पदम केसी जुझारूले बताएका छन् । प्रहरीले लाेकतान्त्रिक देशकाे मर्यादा नाघेर बिना कारण अाफ्ना कार्यकर्ता पक्राउ गरेकाे केसीकाे अाराेप छ ।

जिल्ला सचिव मंगलसेन
जिल्ला सदस्य पृथ्वी

गत विहिवारका दिन कावासाेती मालपाेत कार्यालयमा प्रमुख घिमिरेको कार्यकक्षमै गएर कालोमाेसो दल्ने समुहमा ती दुबैजनाकाे सहभागिता रहेकाे प्रहरीकाे दावी छ ।

घुस खाने, सुकुम्बासी आयोगको जग्गामा किर्ते हस्ताक्षर गरी सो मा हेरफेर गर्दै पैसा खाने र जग्गाको मुल्यांकन घटाउदै त्यसको  दस्तुरमा समेत आफुले पैसा हिनामिना गर्दै आएको गुनासो आएपछि कालोमाेसो दलेको तथा दल्ने समुहले घटना स्थलमा पर्चा खसालेर जानकारी गराएको थियो ।

प्रहरीले कालाेमाेसाे दलेकाे अाराेपमा अनुसन्धानको लागि नेपाल कम्युनिष्ट पार्टिका २ जनालाई पक्राउ गरेको बताएकाे छ ।