महेशपुरमा पसल निरीक्षण, घरेेलु ढक प्रयाेग गरेकाे फेला

ध्रुव नरायण बनिया, ४ मंसिर, महेशपुर

नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा-१ महेशपुर बाजारमा घरेलु प्रमुख नन्दलाल पौडेलको संयोजकत्वमा रहेकाे निरीक्षण टोलीले अाज विभिन्न पसलहरूमा निरीक्षण गरेको छ ।

निरीक्षणको क्रममा पसलमा रहेका म्याद नाघेका खाद्यपदार्थ तथा पेय पदार्थ लगायतका सामान नस्ट गरेको छ ।फेन्टा १२ थान, २८ पैकेट नमकिन दालमाेठ म्याद नाघिएकाले टाेलीले नष्ट गरेकाे पाैडेलले जनाएका छन् ।

पसल संचालनमा रहेका तथा दर्ता समेत नरहेका त्यस्ता पसलेहरूलाइ अविलम्ब दर्ता हुन निर्देशन समेत जारी गरिएकाे छ । खुल्लारुपमा पेट्रोल बिक्री वितरण गर्दै आइरहेकालाई तत्काल बन्द गर्ने अादेश दिएकाे छ । फुटपाथमा पसल थापेकाहरूसित प्रमाणाित ढक तराजु नरहेकाे कारण प्रमाणित ढक तराजु प्रयाेग गर्न सुझाव दिएको छ ।

टाेलीमा घरेलु प्रमुख नन्दलाल पौडेलको संयोजकत्वमा जिल्ला प्रशासनका जिवन पाैडेल र महेश सुवेदी सहभागी रहेका थिए ।