संजय कुशवाहा नवलपरासी, पुस ९ ।

नवलपरासीको सुस्ता गाउपालिका वडा न.५ पक्लिहवामा महिला हिंसा विरूद्ध वक्तृत्वकला प्रतियोगिता अाइतवार दिपेन्द्र निम्न माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।

महिला र पुरूषबीच भेदभाव नगराैं, नारा सहितको प्रतियोगिता सम्बाद किशोरकिशोरी सञ्जाल पक्लिहवाको आयोजनामा संचालन भएको यस प्रतियोगिताको उदघाटन सुस्ता गाउपालिका वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ यादवले गर्नुभएको थियो ।

समाजमा महिला हिंसा तथा भेदभाव हटाउनको लागि पुरूष र महिलालाई समान रूपले हेरिनुपर्छ भन्ने जनचेतना जगाउनको लागि सो प्रतियोगिता गरिएको (ए.बि.सि) नेपाल क्षमता अभिबृद्दि उत्तप्रेरक सन्जित शर्मा जानकारी दिनु भयो ।

महिला हिंसा विरूद्ध वक्तृत्वकला प्रतियोगितामा ६ वटा विद्यालय सहभागी भएका थिए । सहभागी भएका हरेक विद्यालयबाट एक जना छात्र र एक जना छात्रा गरि १२ जना विद्यार्थी सहभागी भएका थिए । महिला हिंसा विरूद्द, वक्तृत्वकला प्रतियोगितामा छात्रा तर्फ दिपेन्द्र आधारभूत विध्यालयका छात्राले प्रथम स्थान हासिल गरेका थिए भने सिसवा बनकट्टी आधारभुत विद्यालय दितृीय र दिपक मा.वि का छात्राले तृतीय स्थान हासिल गरेका थिए ।

छात्र तर्फ विपि मा.वि का छात्रले प्रथम स्थान हसिल गरे भने सिसवा बनकट्टी आधारभूत विद्यालयका छात्रले दितृीय र दिपेन्द्र आधारभूत विद्यालय छात्रले तृतीय स्थान हासिल गरेका थिए ।