महिला सहकारीको योजना तर्जुमा गोष्ठी कावासोतीमा शुरु

54

सदिक्षा गैरे, कावासोती २३ चैत्र

नवलपुरको कावासोतिमा रहेको शिबमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ले आफ्ना सदस्यहरुका लागि संचालन गरेको आर्थिक योजना तर्जुमा गोस्ठि शनिबार देखि शुरु भएको छ ।

Advertisement

सस्थाको सभाहल कावाजोती २ मा शुरु भएको गोष्ठी उद्घाटन समारोहमा कावासोती वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै पौडेल ले सहकारी अभियन्ता हरुका लागि आयोजित आर्थिक योजना तर्जुमा गोष्ठी प्रभाकारी हुनेमा आफू बिस्वस्त रहेको बताउनु भयो ।

सस्थाकी अध्यक्ष खगिसरा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फर्स्ट माईक्रो फाइनान्स लघुबित्त सस्थाका बाबुराम पौडेल ले प्रक्षिक्षण दिनुहुनेछ । कुल २५ जना सहभागी रहेको गोष्ठीमा सहभागिहरुलाई उपाध्यक्ष धनमाया पौडेल ले स्वागत गर्नु भएको थियो । कार्यक्रम को संचालन सचिब बिन्दु खनाल ले गर्नु भएको थियो ।

शनिबार शुरु गोष्ठी सोमबार सम्म संचालन हुने सस्थाकी कोषाध्यक्ष तुलसी देबि खनाल ले जानकारी दिनुभयो ।