नवलपरासी, २ मड्सिर ।

नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले मधेश र मधेशी जनताको हिक हित नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ ।

बर्दघाट सूस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहनुभएका कण्डेलले आज नवलपरासीको कुश्मामा पार्टीद्धारा आयोजीत बृहद कोण सभालाई सम्बोधन गर्दै मधेश र मधेशी जनतालाई नेपाली कांग्रेसले मात्र न्यान गर्न सक्ने ठोकुवा गर्नुभयो ।

सो अवसरमा बोल्दै नेता कण्डेलले देशमा अहिलेको आवश्यकता लोकतन्त्र जोगाउनका लागी नेपाली कांग्रेसको एकता भएकाले सबैलाई यस पटक लोकतान्त्रिक शक्तिलाई बिजयी गराउन आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका नेता अनिल गौड, नेपाली कांग्रेसका सहसभापति सुवासचन्द्र गिरी, क्षेत्रिय सभापति दिनेशमणी पटेल, निर्वाचन परिचालन बुद्धिजिवि समितीका संयोजक राजेश्याम पाठक लगायतले बोल्नुभएको थियो । सो अवसरमा करिब दुई सय जना बिभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।

यसैबिच नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले यो मुलकको बिकासका लागी शिक्षकहरुको महत्वपुर्ण भुमीका हुने बिस्वास ब्यक्त गर्नुभएको छ । बर्दघाट सूस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहनुभएका कण्डेलले आज सुनवलमा नेपाल शिक्षक संघ सुनवल नगर कार्य समितीद्धारा आयोजीत निर्वाचन प्रचार प्रसार सम्बन्धी बिशेष कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

शिक्षाबिद् र शिक्षा अगुवाहरुको भुमीका नेपाल र नेपालको सम्बृद्धिका लागी महत्वपुर्ण हुने जनाउदै नेता कण्डेलले अब सबै शिक्षा प्रेमी मिलेर नेपाली शिक्षाको क्षेत्रमा अग्रणीस्थानमा पुर्याउनुपर्ने बिचार राख्नुभयो । यस पटकको निर्वाचनमा लोकतन्त्रबादी शक्तीलाई बिजयी बनाउन शिक्षकहरुलाई निर्देशन समेत दिनुभयो ।

नेपाल शिक्षक संघ सुनवल नगर कार्य समितीका अध्यक्ष प्रभु प्रसाद कुमालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधि तिवारी , नेपाली कांग्रेसका सभापति अर्जुन कुमार पोखरेल , निर्वाचन परिचालन समितीका संयोजक एवंम् सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर थापा (भरत ), शिक्षक युनियनका सभापति मोहन शर्मा लगायतले बोल्नुभएको थियो ।

नवलपरासीमा नेपाली कांग्रेसको तर्फबाट आसन्न प्रतिनिधी र प्रदेश सभाका उम्मेदवारहरुले आज पनि आ आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न चुनाब प्रचार प्रसार मुखी कार्यक्रम गरेका छन् । उम्मेदवारहरुले आफ्ना समर्थकहरुको साथमा विभिन्न क्षेत्रमा मतदाताहरु संग मतमाग्न घरदैलो गर्ने र आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा प्रचार प्रसार मुलखी कार्यक्रम अन्य भेला लगायतका कार्यक्रम जारी राखेका छन्

यसैगरी यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधी तिवारी आज संयुक्त रुपमा सरावलको गाईनी, श्रीनगर, जनकपुर, लगायतका क्षेत्रमा घरदैलो गर्नुभएको छ ।

यसैबिच बर्दघाट सूस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधी सभा उम्मेदवार सदस्य देवकरण प्रसाद कलवार ( सन्तु ) र प्रदेश सभा सदस्यका उम्मेदवारहरु बिक्रम खनाल र मुकुल आचार्यले आफ्नो निर्वाचन क्षेत्रमा चुनाबी प्रचार प्रसार कार्याक्रम सम्पन्न गरेका छन् ।