मंगलापुरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम

उमेश बि.क /सरावल , २२ कार्तिक

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मंगलापुरमा जेष्ठ नागरिक सम्मान तथा दिपावली एवं छठ पर्बकाे शुभकामना अादान प्रदान कार्यक्रम अाज सम्पन्न भएको छ ।

दुर्गा युवा क्लब मंगलापुरकाे अायाेजनामा शुभ दिपावली तथा छठ पर्बकाे पुनित अवसरमा आयोजित सो कार्यक्रम क्लबका अध्यक्ष जनमजय यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अनिल कुमार गाैडकाे बिशिस्ट अातिथ्यतामा सम्पन्न भएकाे छ ।

कार्यक्रममा सरावल गाउँपालिका –४, मंगललापुर निवासी ९४ वर्षिय मंगरु यादव सहित २५ जना जेष्ठ नागरिकहरुलाई सल अाेढाइ सम्मान गरिएको छ।

जेष्ठ नागरिकहरुको सम्मान गर्दै सरावल गाउँपालिका प्रमुख चाैधरीले जेष्ठ नागरिकहरु अभिभावक मात्र नभएर भगवानसरी रहेकाले उनिहरुको स्याहार गर्ने जिम्मा सम्पुर्णको रहेको बताए । जेष्ठ नागरिक समाजको अग्रपंक्ती भएकाले जेष्ठ नागरिकहरुको समस्यालाई गाउँपालिकाले पहिलो प्राथामिकता दिने बताए । साथै याे क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमकाे बिशिस्ट अतिथिको रुपमा रहनुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गाैडले जेष्ठ नागरिकको सम्मानका लागि सबै सरोकारवाला निकायले सम्मान गर्नु पर्ने बिचार राख्नुभएको थियो।

कार्यक्रममा नेपाली काङ्ग्रेस संगठन बिभाग प्रमुख राजेन्द्र सहानि, वडा नं ४ वडा अध्यक्ष छाेटेलाल यादव , सिद्धार्थ मा.बि गाेबरहियाका प्र.अ सुखाडि प्रसाद चाैधरी , नेपाली कांग्रेस सरावल गाउपालिका संयाेजक बिनाेद पाण्डे , भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीकाे अध्यक्ष उमेश बि.क, रुपाैलिया स्वास्थ्य चाैकि इन्चार्ज अशोक पाण्डे,शिक्षक संघ जिल्ला सहसचिव इन्द्र बहादुर चाैधरी , वडा सदस्य सुर्य नरायण यादव, राजेश यादव,जेष्ठ नागरिक कलावति यादव लगायतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।