भारतीय नाकामा अण्डा बरामद, तस्कर संधै झै यस पटक पनि फरार

संजय कुशवाहा, नवलपरासी कार्तिक १७ ।
जिल्लाकाे दक्षिणी सिमावर्ती गाउपालिका प्रतापपुरकाे वडा नं. ६ गुठी परसौनी नाकाबाट सशस्त्र प्रहरीले भारतबाट नेपाल भित्र्याउदै गरेकाे कुखुराकाे अण्डा नियन्त्रणमा लिइ अाज सनिवार नष्ट गरेकाे छ ।
संधैं झैं अण्डा तस्करहरु फरार भएका छन । प्रहरीले चेकजाँच गर्ने क्रममा तस्करहरु अण्डा छोडेर भागेकाे प्रहरी निरिक्षक माधव पण्डितले बताएका छन् ।
नियन्त्रणमा लिइएकाे १३ हजार ९ सय ५० मुल्य बराबरको ९ सय ३० सय गोटा अण्डा स्थानिय, पत्रकार तथा  पशु क्वारेन्टाईन चेकपाेस्ट महेशपुरका अधिकृत खडग बहादुर सिंहको राेहबरमा नष्ट गरिएकाे छ ।
जिल्लाकाे पकलिहवा, गुठिप्रसाैनी, बसहिया, भुजहवा, महेशपुर र गेर्मी लगायतका नाकाबाट अवैध सामान नेपाल भित्रिदै आएकाे स्राेतकाे दाबी छ तर तस्करीकाे सामान भने कहिलेकांही मात्र पक्राउ पर्ने गरेकाे छ । तस्करीकाे सामान पक्राउ पर्दा पनि तस्करहरू फरार भए भनेर प्रहरीले बताउदै अाएकाे छ ।
अण्डा पक्राउ पर्ने र तस्कर संधै भाग्ने घटना सुनेर स्थानीय अाजित हुन थालेकाे गुनासाे बढ्न थालेकाे छ । स्थानीय भन्छन्, अण्डा बरामद गर्ने प्रहरीले तस्करलाइ किन पक्राउ गर्न नसकेकाे हाेला ।