बेपत्ता बालक मृत अवस्थामा भेटिए

सहबान अन्सारी /निकिता पोखरेल, असाेज १८ नवलपरासी ।
जिल्लाको त्रिबेणी स्थित नारायणी नदिमा डुबेर बेपत्ता भएका बालक आज बुधवार मृत अवस्थामा भेटिएका छन् ।
मंगलवार बिहान बिनयी त्रिबेणी गाऊपालिका वडा नं.७ बस्ने लालमणी थनेतको १० वर्षिय छाेरा सुजन थनेत आफ्नै घर अगाडी नारायणी नदिमा तिन जना साथी सगं नुहाऊने क्रममा बेपत्ता भएका थिए ।
बेपत्ता थनेतलाई खोजी कार्य हिजो देखी तिब्र पारिएपछि आज बिहान त्रिबेणी स्थित पश्चिम गण्डक नहरमा शव फेला परेको ईलाका प्रहरी कार्यालय त्रिबेणीका प्रहरी नायब निरिक्षक लेखनाथ भन्डारीले जानकारी दिनुभयो ।
शवलाई पोस्टमार्टमको लागी पृथ्वीचन्द्र जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।