बेपत्ता पुरुषको शव गण्डक नहरमा

सहबान अन्सारी असाेज १२ ।
नवलपरासीको प्रतापपुर गाऊपालिका स्थित गण्डक नहरमा बेपत्ता पुरुषको शव आज भेटिएको छ ।
भारतको बिहार प्रदेशको पश्चिमी चंपारन जिल्ला रामनगर बस्ने अन्दाजी २५ बर्षिय राकेश बानिया मंगलवार राती प्रतापपुर गाऊपालिका वडा नं ९ स्थित प्रतापपुर पुल नजिकै नहरमा वेपत्ता भएका थिए ।

बेपत्ता भएका पुरुषको पश्चिम गण्डक नहरमा पानीको सतह कम गरी प्रहरीले खोजी कार्य तिब्र गरेपछि आज बेलुका प्रतापपुर गाऊपालिका वडा नं ६ झुलनीपुर नजिकै शसस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीले सोही नदिमा बग्दै गएको अवस्था शवलाई नियन्त्रणमा लिएको थियो ।

थप अनुसंधान तथा शवलाई पेस्टमार्टमको लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।