श्याम थापा, सुस्ता ३१ असोज ।
नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे यतिखेर जेष्ठ नागरिकहरुको साहारा बनेका छ्न् । अध्यक्ष राम प्रसाद पाण्डेले जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता बिशेष कार्यक्रम गरि बितरण गरेका छन ।

सुस्ता गाउँपालिकामा रुपौलिया, कुडिया, नर्सही, पक्लिहवा र सुस्ता गरि ५ वटा वार्ड रहेको छ । यी ५ वटा वार्ड मध्ये सुस्ता गाउँपालिका वार्ड न.१ रुपौलियामा २ सय ३० जना जेष्ठ नागरिक,वार्ड न.२ रुपौलिया र कुडियामा २ सय ३६ जना,वार्ड न.३ कुडियामा १ सय ५१ जना,वार्ड न.४ नर्सहीमा १ सय ८२ जना र वार्ड न.५ पक्लिहवा र सुस्ता मा २ सय ५६ जना गरि सुस्ता गाउँपालिकामा १ हजार ५५ जना जेष्ठ नागरिकहरु रहेका छन । सो जेष्ठ नागरिकहरुलाई  सम्मान कार्यक्रम गरि सामाजिक सुरक्षा भत्ता बितरण गरिएकाे छ ।

जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रममा दोसल्ला ओढाई १ वटा चवनप्रास बितरण गरिएको हो । त्यसै गरि सो अवसरमा सुस्ता गाउँपालिकाको कार्यालय कुडिया र स्वास्थ्य शाखा कार्यालय सुस्ता गाउँपालिका कुडियाको संयुक्त आयोजनामा जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण पनि गरिएको र निशुल्क औषधि हरु समेत बितरण गरिएको स्वास्थ्य शाखा कार्यालय सुस्ता गाउँपालिका कुडियाका संयोजक ऋषि राज काफ्लेले जानाएका छन । साथै सुस्ता गाउँपालिका अन्तर्गत रहेका सम्पुर्ण जेष्ठ नागरिकहरुलाई आफुले विभिन्न सेवा र सुबिधा साथ सम्मान  कार्यक्रमहरु गरिरहने सुस्ता गाउँपालिकाको कार्यालय कुडियाका अध्यक्ष राम प्रसाद पाण्डेले प्रतिबद्धता पनि गर्नु भएको छ ।