बिद्यालय ब्यस्थापन समितिको निर्वाचनमा काग्रेंसको निकटतम पक्ष प्यानल सहित विजयी


सहबान अन्सारी, साउन २५ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाऊपालिका वडा नं ६ स्थित जन जागृति माध्यमिक बिध्यालय गुठी परसौनीमा बिध्यालय ब्यस्थापन समितिको नयाँ कार्य समिति निर्वाचन मार्फत काग्रेंसको निकटम पक्ष प्यानल सहित विजयी भएको छ ।

चार जना सदस्य पदको लागी दुई पक्षबाट आठ जना सदस्यहरुले ऊम्मेद्वारी दिएका थिए जस्मा काग्रेंसको निकटतम पक्ष तर्फ बाट बच्चन चमार १९०मत.
शिवनाथ अहिर १८४ मत, प्रतिमा चमार १८४मत ,
र राम सति देवी कोईरी १६४ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
त्सतै प्रतिध्वन्धी तर्फ बाट लक्ष्मी चमार हरिजन १६४ मत रेखा देवी भेडिहार १८७ मत कपिल देव यादव १६२ मत र मुन्सी देवी पासी १५८ मत प्राप्त गर्नु भएको थियो ।

नयाँ कार्य समितिको लागी सर्व सहमती हुन नसकेपछि निर्वाचन मार्फत छानिने निर्णय भएको थियो।
उक्त पदहरुको लागी शुक्रवार मतदान भएको हो ।
बिध्यार्थीहरुको अविभावकहरु बाट छानिने भएको नियम अनुसार सो बिध्यालयमा कुल ४२८ मतदाता संख्या मध्ये ३७३ मत खसेको थियो ।
अहिलेको बिध्यालय ब्यस्थापन समिति गठन गर्न अविभावकको मतदानले दुई जना खुल्लाबाट, दुई महिला सदस्य निर्वाचित गर्नु पर्ने र दुई सदस्य मनोनित गरेपछि निर्वाचित चार र मनोनित दुई गरि ६ सदस्यले त्यसमध्ये एकजनालाई अध्यक्ष छान्ने शिक्षा एेन रहेको छ ।