बिधुतको तार सर्ट हुँदा घरमा आगलागी

नवलपरासी, २७  कार्तिक ।

पाल्हिनन्दन गाउँपालिका वडा नं २ पिप्रहवामा अागलागी हुंदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ । अन्दाजी साढे १ बजेकाे समयमा अचानक बिधुतको तार सर्ट भई आगलागी हुँदा बन्दना हजामको फुस र जस्ताले छाएको १ तले कच्ची घरमा अागलागी भएकाे प्रहरीले जनाएकाे हाे ।

आगलागीबाट घर ,काठ अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी अन्दाजी १ लाख बराबरको क्षति भएको तथा कुनै प्रकारकाे मानविय तथा पशुचौपायाको क्षति नभएको जनाइएकाे छ ।

प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ ।