उमेश वि.क सरावल, ९ पाैष २०७४ ।

नवलपरासीको सरावल गाउँपालिका २ जनता मा.बि. मनरीेकाे प्रांङ्गणमा बालविवाह बिरुद्ध मन्चिय नाटक एवम् बिविध सांस्कृतिक कार्यक्रम अाज सम्पन्न गरिएको छ ।

ए.बि.सि नेपालकाे अायाेजना एवम् स्ट्राेम फाउन्डेसनकाे सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम दुर्गा माता सम्बाद केन्द्रकि अध्यक्ष शुशिला हरिजनकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख आतिथ्यता तथा जनता मा.बि मनरी विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दृग नरायण लाेनियाकाे बिशेष अातिथ्यतामा बालविवाह बिरुद्ध मन्चिय नाटक एवम् बिविध सांस्कृतिक कार्यक्रम अाज सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले बालविवाह बिरुद्ध मन्चिय नाटक अहिलेको अवस्थामा बालबालिका, युवा र महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनु भयो । बालविवाह गरेका कयौं बालबालिका अाफ्नाे जिवन बर्बाद गरिसकेका छन । प्रत्येक ब्यक्ति अाफ्नाे छाेरा छाेरी प्रति निगरानी राख्न जरुरी छ ।

बालविवाहले सामाजिक, अार्थिक तथा स्वास्थ्य समस्याहरू निम्त्याउदछ । त्यसैले यसप्रकारका बालविवाहबाट टाढा रहनुपर्दछ र अरुलाई पनि यससम्बन्धी अाफुले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्छ ।

बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता बालविवाह बिरुद्ध सचेतना कार्यक्रम समय समयमा गर्न एकदमै जरुरी रहेकाे छ । यश क्षेत्रकाे बिकास निर्माण कार्यमा सदैव अाफु अगाडि रहने बिचार राख्नुभएको छ ।

कार्यक्रममा जनता मा.बि मनरी विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दृग नरायण लाेनिया, जनता मा.बि मनरीका प्र.अ. प्रदिप कुमार चाैधरी, ए.बि.सि नेपालकाे फिल्ड सुपरवाईजर साइदा निशा, समाजसेवी सिता शर्मा, युवा समाजसेवी कृपाकाैशल चाैधरी, भाेजपुरि संचार मन्च नवलपरासी अध्यक्ष उमेश बि.क, संघिय समाजवादी फाेरम नवलपरासी जिल्ला सदस्य हरिलाल यादव, प्रगति सम्बाद केन्द्रकि किशोरी दिब्या कुमारी चाैधरी, भाेजपुरि संचार मन्च सदस्य जितेन्द्र जानम, बिकल्प नवलपरासीका पशु प्राविधिक गगन सिंह राना लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो।