बालमैत्री नगर भ्रमण गर्न जापानबाट विद्धानको टोली सुनवलमा

नवलपरासी, २० कार्तिक ।

बालमैत्री नगर भ्रमण गर्न जापानबाट विद्धानको टोली सुनवल नगरपालिका नवलपरासीमा आएको छ । सुनवल नगरपालिका बाल मैत्री नगरको रुपमा नेपालकै पहिलो नगरपालिका घोष्णा भएकाले यसको गतिविधि बारे बुझन र भ्रमण गर्ने उद्देश्यले जापाको टोयो विश्वविद्यालय बाट ५ जना विद्धान (प्रोफेसर) सुनवलमा आएका हुन् ।

बालमैत्री नगरको अनुसन्धान र भ्रमण अवलोक गरि यस नगरलाई देशविदेशमा उदहारण नगर बनाउन सो टोली सुनवलमा आएको बताइएको छ । सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा क्षेत्रिको अध्यक्षतामा भएको विद्धान संगको छलफल कार्यक्रममा नगरपालिकाको कार्य प्रगति र बाल मैत्री स्थानिय शासन विषयमा जानकारी गराइएको थियो । नगरमा बाल अवस्था र बालमैत्रीका सुचकहरुका विषयमा जानकारी नगरपालिकाका बालक्षेत्रमा बनाइएको भावी योजनाहरु पनि जानकारी गरइएको मेयर भरत थापाले बताए ।

सुनवल नगरपालिकामा बालमैत्री पश्चात पछि थपिका वडाहरुमा बालमैत्री स्थानिय शासनका सुचकहरु पुरा तिब्र रुपमा पुरा हुदै गएको छ नगरलाई छिटोभन्दा छिटो नेपालमै पुनः बालमैत्री नगर घोषणा गर्न नगरपालिका लागि गृहकार्य थालीसकेको नगरपालिकाले जनाएको छ । कार्यक्रममा ति विद्धानहरुलाई नगरपालिका मेयर भरत थापा, उपमेयर दधिराम अर्यालले सुनवलको बालमैत्री विषयमा जानकारी गराएका थिए । कार्यक्रममा कार्यालय जनप्रतिनिधि, कार्यालयका शाखा प्रमुख र सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो । जापानबाट आएका ति विद्धानहरुलाई नगरमा भव्य स्वागत गरि मायाको चिनो समेत प्रदान गरिएको थियो ।