बाघको आक्रमण, युवक घाइते

File photo
श्याम थापा
सुस्ता २७ असोज, नवलपरासी ।
बाघको आक्रमणमा परि सुस्ता गाउँपालिका ३ रेवारेताका एक युवक घाइते भएका छन् । उनी माछा मार्न गएका बेला नारायणाी नदिमा अाज बिहान बाघले अाक्रमण गरेकाे हाे ।
घाइते हुनेमा सुस्ता गाउँपालिका वार्ड न ३ रेवा बस्ने अन्दाजी २५ वर्षे गोपाल बिन रहेकाे स्थानीयले बताएका छ्न । सधैं झै बिन अाज पनि एका बिहानै नारायणी नदिमा माछाका लागि गएका थिए ।
घाइते बिनको शहिद स्मृति सामुदायिक अस्पताल चौपतामा उपचार भैरहेको सशस्त्र प्रहरी बल बि ओ पि सुस्ताका सशस्त्र प्रहरी निरीक्षक बिष्णु प्रसाद थापा सोमारे मगरले बताएका हुन् ।
बाघ भारत बिहारकाे जंगलबाट अाएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।  नारायणी छेउ रहेकाे बिहारकाे लक्ष्मिपुर सुस्ताकाे धनहिया जंगलमा बाघ बस्ने र पानी खान नारायणी नदिमा अाउने गरेकाे स्थानीयले बताए ।