बस्ती स्तरीय सरसफाइ कार्यक्रम सुस्ता ५ मा सम्पन्न

श्याम थापा

सुस्ता ६ माघ
बस्ती स्तरीय सरसफाइ कार्यक्रम पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा स्थित रामनगर गाउँमा सम्पन्न भएको छ ।

सुस्ता गाउँपालिका वार्ड न ५ को वडा कार्यालयको आयोजनामा र संवाद किशोर किशोरी संजाल पक्लिहवाको समन्वय भएको बस्ती स्तरीय सरसफाइ कार्यक्रममा रुदल लोनियाको अध्यक्षयतामा ५१ सदस्यीय टोल सुधार समिति रामनगर गठन भएको छ ।

जसको उपाध्यक्षमा शदरुन नेशा,सचीवमा राम कोमल कोइरी,कोषाध्यक्षमा बिसुनी खवास र सहसचिवमा खाजिर मिया रहेका छ्न । कार्यक्रमको उद्घाटन सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिह्वा स्थित रामनगर गाउँको बाटो र चोकहरुमा रहेको फोहोरहरु सरसफाइ गरि उद्घाटन गरिएको थियोे ।

सो कार्यक्रममा पत्रकार श्याम थापा,पक्लिहवा स्वास्थ्य चौकीका इन्चार्ज राजकिशोर मण्डल,युवा समाजसेवी रबिन्द्र जैसवाल,सुस्ता गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष प्रभुनाथ यादव,वार्ड न ५ को वडा कार्यालयका सचीव कर्ण बहादुर दर्लामी मगर र एबिसी नेपालका सन्जित कुमार शर्मा लगायतका बक्ताहरुले सरसफाइमा महत्त्वपूर्ण ध्यान दिनु पर्ने मन्तव्यमा जोड दिएका थिए ।