मनिषा कोईराला नवलपरासीमा

नवलपरासी, १६ पुष ।

बलिउड अभिनेत्री मनिषा कोईराला उपचारका लागि नवलपरासीको रजहर स्थित प्राकृतिक चिकित्सालयमा आएकी छन । आईतवार उनी आफ्नो स – परिवारसंगै चिकित्सालयमा आएकी हुन ।

उनका वुवा प्रकाश कोईराला र आमा सुस्मा कोईराला पनि उनी संगै आएका छन । उनले चिकित्सालयको निरिक्षण समेत गरिन । निरिक्षणपछि उनले पत्रकारहरुसंग संक्षित्त कुरा गर्दै आफुले आफ्नो आफन्तहरुबाट चिकित्सालयको बारेमा सुनेको हुनाले यहा आएको बताईन ।

उनले चिकित्सालय निरिक्षण गरिसकेपछि र यहाको सेवाको वारेमा सुनेपछि धेरै राम्रो लागेको बताईन । उनले भनिन– ‘मलाई प्राकृतीक चिकित्सालय प्रति ईन्ट्रेस्ट भएको विरामी भएपछि हो । मैले भारतमा पनि धेरै चिकित्सालयमा पुगेको छु । र यस पद्धतीको महत्व समेत बुझेको छु ।’

कोईराला आईतवार चिकित्सालयमा नै बस्नेछिन । उपचारका लागि तपाई यहा बस्नुहुन्छ त ? भन्ने जिज्ञासामा उनले भनिन । ‘ म यहा बसेर यहाको वातावरण बुझ्छु अनि घरसल्लाहा गर्छु अनि मात्रै डिसिजन गर्छु । चित्त बुझेमा आफु उपचारका लागि यहा रहने समेत उनले प्रतिकृया दिईन । उनी अङ्गेजी नया“ वर्ष मनाउनका लागि चितवन आएको समयमा यस चिकित्सालयका वारेमा सुनेको र सुन्दाबित्तिकै यहा घुम्न , हेर्न र बुझ्नका लागि आएको सुनाईन ।

चिकित्सालयमा बिरामीको चाप बढ्दो

यस चिकित्सालयप्रति बिरामीहरुको विशवसनियता बढ्दै गएको छ । पछिल्लो समय प्राकृतिक चिकित्साप्रति मानिसहरुको आकर्षण बढ्दै गएकाले बिरामीहरुको चाप समेत बढ्दै गएको चिकित्सालका व्यवस्थापक हरि सापकोटाले बताए । ७ वर्ष पुरा गरि आठौ वर्षमा प्रवेश गरेको यस चिकित्सालयमा ७ वर्षको अवधिमा करीब १५ हजार जनाको उपचार गरिएको सापकोटाले बताए ।

सापकोटाका अनुसार एक वर्षमा कम्तीमा १८ सयको हाराहारीमा उपचारका लागि बिरामि आउने गरेका छन । जाडोको समयमा भन्दा गर्मीको समयमा बिरामीहरुको चाप बढी हुने गरेको उनी बताउछन । अहिले यहा ३० जना विरामिको उपचार चलिरहेको छ ।
चिकित्सालयलाको क्षमताको विकास गर्ने काम समेत अहिले भैरहको छ । ३ सय जना विरामीलाई सेवा दिन सक्ने गरि क्षमतामा वृद्धि गरिन लागिएको छ । अहिले ८० जनासम्म बिरामीलाई आवासीय सुविधा सहितको सेवा प्रदान गर्दै आएका छ ।
नेपालकै पहिलो जनसमुदायबाट सञ्चालित सामुदायिक प्राकृतिक चिकित्सालय २०६७ सालमा धान्याञ्चलको आयोजना गरि स्थापना भएको थियो । यस चिकित्सालयमा स्थानीय समाजसेवहिरुले ठूलो लगानी गरेका छन । अहिले भवन निर्माणका लागि सरकारले अनुदान समेत दिएको छ । २ सय सैयाको भवन निर्माणका लागि सरकारले दिएको अनुदानबाट अहिले भनि निर्माण गर्ने काम चलिरहेको छ । जुन अन्तिम चरणमा समेत पुगेको छ ।

चिकित्सालयमा उपचारका लागि आउने बिरामीहरुले आवासीय सुविधासहित दिनको ७ सय रुपैयँ तिर्नुपर्दछ । जुन रकमबाट नै चिकित्सालयका कर्मचारीहरुलाई तलबको व्यवस्था गरिएको चिकित्सालयका व्यवस्थापन समितीका अध्यक्ष सनत् वहादुर क्षेत्रीले बताए । चिकित्सालयमा अहिले ४० जना कर्मचारी रहेको उनले जानकारी दिए । कामको जिम्मेवारी बाडफा“ड गरिएको छ । यहा चिकित्सा विधाका ४ जना प्राविधिक डाक्टर रहेका छन ।

कसरी हुन्छ प्राकृतिक उपचार ?

प्राकितीक चिकित्सालयमा आउने अधिकाशं बिरामीहरु अन्तिम अवस्थामा आउने गरेको अस्पतालका डाक्टर शंघ्राम पुरीले बताए । देश विदेशमा समेत पुगेर एलोपेथिक उपचार गरेर केहि शिप नलागेपछि बल्ल बिरामी यहा आउने गरेको पुरी बताउछन । इर्मजेन्सी र हात खुट्टा भांचिएका, सर्जरी गर्नुपर्ने बिरामीहरु बाहेक अन्य बिरामीहरु प्राकृतिक चिकित्सालयमा आउने गरेका छन् ।

यहा बिरामि आईसकेपछि कम्तीमा ७ दिन बढिमा २१ दिनसम्म राखेर प्राकृतीक पद्धतीबाट उपचार गरिन्छ । यहाको मुख्य उपचार भनेको नै ‘आहार नै औषधी ओषधी नै आहार ’ हो । यहा सबैभन्दा पहिले बिरामीहरुलाई दिइएका अनावश्यक मेडिसिनहरु घटाउने र औषधिविहीन चिकित्सा पद्धती मार्फत नै उपचार गर्ने गरिन्छ ।

यहा फिजियोथेरापी अंकुपञ्चर, अकु प्रेसर, मसाज, पञ्च तत्व मार्फत उपचार गर्ने गरेको डाक्टर पुरीले जानकारी दिए । चिकित्सालयमा बिरामीहरुलाई आकाश चिकित्सा, बायू चिकित्सा, सूर्य्किरण चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, योग चिकित्सा, जडिबुटि चिकित्सा, आहार चिकित्सा, मनोचिकित्सा, मर्म चिकित्सा, मालिस चिकित्सा, गौमुत्र चिकित्साका बिभिन्न विधिहरुबाट उपचार गर्ने गरिन्छ ।

डाक्टर पुरीका अनुसार बिरामीहरुलाई खानपिनमा धेरै ध्यान दिईन्छ । सबै अर्गानिक खानपिन नै दिईन्छ । विहान मर्निङ्गवाक , योगा गराईन्छ । माटोको प्रयोग गरिन्छ ।
प्राकृतिक चिकित्सा पद्धतीबाट हुने उपचारको प्रभाव ढिलो देखिने भए पनि साइड इफेक्ट भने नहुने डाक्टरका्े भनाई छ ।
यहा विभिन्न रोग लिएर आएका बिरामीहरु पनि निको भएर फर्कने गरेका छन ।
१८ दिनदेखि उपचार गराईरहेकी सलिमा मिया“ले यहा आएर उपचार गराएपछि आफुमा धेरै परिवर्तन आएको बताईन । उनले भनिन – ‘ मेरो ढाड र खुट्टा दुख्ने समस्या हो । धेरै हस्पिटलमा पुगे तर पनि निको भएन र यहा आएको यहा आएको १८ दिनमा पहिलेको भन्दा दुखाई कम भएको छ ।’

सामुदायिक प्राकृतिक चिकित्सालय रहजरले बिरामीहरुका लागि प्राकृतिक तरकारी तथा जडिबुटी आफै नै उत्पादन गर्ने गरेको छ । चिकित्सालय हातामा रहेको ५ विगाहा जमिनमा अर्गानिक खेती गर्ने गरिएको छ । जसमा विषादी र रासायनिक मलको प्रयोग गरिदैन । चिकित्सालयमा आवासीयरुपमा बसेका बिरामीहरुलाई शुद्ध दूध खुवाउनका लागि गाई पालन समेत गरिएको छ । अहिले यहा १४ वटा गाई छन ।