बजार अर्थव्यवस्था, मूल्य जानकारी, मोलमोलाई र उपभोक्ता अधिकार – दशैं बजार अनुभव

नरहरि घिमिरे.

दशैं बजार शुरु हुनु भनेकाे महंगाइ, गुणस्तरहिन सामानकाे बिगबिगि र म्याद नाघेका सामानकाे बिना राेकटाेक खरिद बिक्री हुन पाउने उपयुक्त समय हाे ।

सरकारका विभिन्न अंगहरुले पनि चेकजांच नगरेकाे हाेईन तर व्यापारीहरु यस्ता चेकजांचबाट पुर्ण रुपमा परिचित छन् र ढुक्क पनि । त्यसैले हाेला उपभाेक्ता ठगिन रुकेकाे छैन । निर्वाध छ ठगि धन्दा ।

यस्ताे हुनुमा उपभाेक्ता सचेत नहुनु पनि प्रमुख कारणहरु मध्ये एक हाे । अाफ्नाे अधिकारका लागि उपभाेक्ता सदैव तत्पर रहनु पर्छ । यसका लागि जानकार रहनु अति अावश्यक हुन्छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार” प्रदान गरेको छ । यसका अलावा उपभोक्ताहरुलाई निम्नानुसारको अधिकारको पनि ऐनले व्यवस्था गरेको छ :-

१. हुन त कुनै चिज, वस्तु र सेवा (goods & services) को न दररेट छ, न त गुणस्तरको कुनै मापदण्ड ! तर सर्वसाधारणदेखि सम्पन्नसम्म सबैले किन्नैपर्ने लुगाफाटा ( garments) पसलमा कहींपनि कहिल्यै पनि मूल्य सूची भएको पाईएको छैन।
मुल्य सुची र लेबलको अभावमा उपभोक्ताहरु मूल्य र गुणस्तर दुवैमा लुटिएका र ठगिएका छन् । कहाबाट मोलमोलाई ( bargaining) शुरु गर्ने भन्ने समस्या परिरहन्छ भने जति कम गरेर सामान किनेपनि लुटिएकै महसुस हुन्छ किनकी सामानको वास्तविक मुल्य उपभोक्तालाई कहिल्यै जानकारी हुदैंन र व्यक्तिपिच्छे फरक मुल्य हुन्छ ।
यो लुट यसरी सधै चलिरहला कि रोकिएला? कुनै दिन बजारका डांकाहरुको ढ्यांग्रो बज्ला कि सधैं यसरी नै लुटको धनले बनेको महलमा निदाईरहलान्? ( बजार अर्थव्यवस्थामा उपभोक्तालाई जानकारी लुकाउनु बजारलाई काम गर्न नदिनु हो )

———————————
उपभोक्ता संरक्षण ऐन २०७५ले उत्पादक, विक्रेता र सरकारको जिम्मेवारी तथा उपभोक्ताको हक र अधिकारका बारेमा स्पष्ट व्यवस्था गरेको छ ।

वस्तु विविधीकरण गरिएपनि गुण र विशेषताका आधारमा फरक वस्तुको मूल्य सूची पसलमा उपभोक्ताले देख्ने गरी राख्नै पर्ने कानुनी व्यवस्था छ।

उपभोक्ताका अधिकार :
————————
२. उपभोक्ता संरक्षण ऐन २०७५ ले “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार” प्रदान गरेको छ । यसका अलावा उपभोक्ताहरुलाई निम्नानुसारको अधिकारको पनि ऐनले व्यवस्था गरेको छ :-
(क) वस्तु वा सेवामा सहज पहुँचको अधिकार,
(ख) स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनौट गर्न पाउने अधिकार,
(ग) वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदि बारे सूचित हुने अधिकार,
(घ) दुई वा दुईभन्दा बढी पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको सम्बन्धमा उत्पादक, पैठारीकर्ता वा बिक्रेताबाट जानकारी पाउने अधिकार,
(ङ) मानव जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्‍याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार,
(च) अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप विरुद्ध उचित कानूनी कारबाही गराउन पाउने अधिकार,
(छ) वस्तु वा सेवाको प्रयोगबाट भएको हानि, नोक्सानी विरुद्ध क्षतिपूर्ति पाउने अधिकार,
(ज) उपभोक्ताको हक, हितको संरक्षणका सम्बन्धमा अधिकारप्राप्त अधिकारी वा निकायबाट उपचार पाउने वा सुनुवाई हुने अधिकार,
(झ) उपभोक्ता शिक्षा पाउने अधिकार।

नेपाल सरकारको कर्तव्य
—————————
३. नेपाल सरकारले उपभोक्ताको अधिकारको संरक्षण गर्न नियमित रूपमा वस्तु वा सेवाको आपूर्ति मूल्य, गुणस्तर, नापतौल, लेबल, विज्ञापन आदिको नियमन गर्ने पनि व्यवस्था ऐनमा छ, यस बाहेक सरकारको अन्य कार्यहरु पनि ऐनमा तोकिएको छ ।
वस्तु वा सेवाको गुणस्तर, मूल्य निर्धारण र आपूर्ति व्यवस्था सम्बन्धी नीति कार्यान्वयन गर्ने,

(ख) उपभोक्ताको हक हितमा प्रतिकूल असर पर्ने वा पर्न सक्ने एकाधिकार वा अनुचित व्यापारिक कृयाकलापको रोकथाम र नियन्त्रण गर्ने वा त्यस सम्बन्धमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने,

(ग) देशभित्र खपत हुने वस्तु वा सेवाको माग र आपूर्ति स्थितिको निरन्तर विश्लेषण तथा समीक्षा गरी स्वच्छ बजार कायम गर्ने,

(घ) वस्तु वा सेवाका उत्पादक, बिक्रेता वा वितरकले अवाञ्छित तरिकाले गरेको मूल्य निर्धारण वा वृद्धिलाई रोक्न र नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्ने,

(ङ) उपभोक्तालाई उचित मूल्य र सहज रूपमा खाद्य तथा अन्य वस्तुको आपूर्ति सुनिश्चित गर्न नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निजी फर्म वा कम्पनी मार्फत आपूर्तिको व्यवस्था सहज गर्ने,

(च) कुनै विशेष परिस्थितिमा वा कुनै ठाउँ विशेषमा तोकिएको अवधिका लागि वस्तुको अधिकतम मौज्दातको परिमाण तोक्ने,

(छ) नेपालभित्र उत्पादित कुनै खाद्य वस्तुको अभाव भएमा त्यस्तो खाद्य वस्तुको निश्चित परिमाण निर्धारण गरी तोकिएको मूल्यमा उत्पादकबाट खाद्य वस्तु प्राप्त गर्ने र सर्वसाधारणलाई बिक्री गर्ने,

(ज) थोक वा खुद्रा व्यवसायलाई व्यवस्थित गरी सामान्यतयाः मूल्यमा एकरुपता कायम गर्न आवश्यक व्यवस्था गर्ने,

(झ) उपभोक्ताको अधिकार संरक्षण गर्न र आपूर्ति व्यवस्थालाई नियमित गर्नको लागि कुनै वस्तु वा सेवाको कृत्रिम अभाव हुन नदिन वा सबै ठाउँमा नियमित वस्तु वितरण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्ने,

(ञ) वस्तुको बिक्री वितरण प्रणालीलाई नियमित गर्ने र अनुपयुक्त तवरले अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने काम वा अनुचित व्यापारिक क्रियाकलापलाई नियन्त्रण गर्ने।

(३) उपभोक्ताको अधिकार संरक्षण, आपूर्ति व्यवस्था नियमित र वस्तु तथा सेवाको मूल्य एवं गुणस्तर नियन्त्रण गर्न नेपाल सरकारले समय समयमा आवश्यक नीतिगत र संस्थागत व्यवस्था गर्न सक्नेछ।

उत्पादक ,विक्रेताको कर्तव्य
—————————-
४. उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा लेबल लगाउनु पर्ने र सो लेबलमा विविध कुराहरु उल्लेख गर्नुपर्ने व्यवस्था छ। जस्तै:-
– उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर
– वस्तुको बिक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति,
– वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य,

१) उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा लेबल लगाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको लेबलमा देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः–

(क) उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर,

(ख) खाद्य पदार्थ, औषधि र सौन्दर्य सामाग्री जस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण, मिश्रणका तत्व, परिमाण र तौल,

(ग) गुणस्तर निर्धारण भएको वस्तु भएमा त्यस्तो वस्तुको गुणस्तर,

(घ) वस्तु उपभोग गर्ने तरिका र त्यस्तो वस्तु उपभोग गरेबाट हुन सक्ने नकारात्मक प्रभाव (साइड इफेक्ट),

(ङ) निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने वस्तु भए त्यस्तो अवधि,

(च) वस्तुको बिक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति,

(छ) इलेक्ट्रोनिक, हार्डवेयर, विद्युतीय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए त्यस्तो वस्तुको ग्यारेण्टी वा वारेन्टी र ग्यारेन्टी वा वारेन्टी मिति तथा सो वस्तुसँग सम्बन्धित कानून बमोजिम अन्य आवश्यक कुरा,

(ज) खण्ड (छ) बमोजिमका अवस्थामा कुनै त्रुटि देखिएमा त्यसको शोधभर्ना दिने वा निश्चित अवधिसम्म मर्मत गरिदिने व्यवस्था,

(झ) प्रज्वलनशील, दुर्घटनाजन्य वा सजिलैसँग टुटफुट हुन सक्ने वस्तु भए त्यस्तो वस्तुको सुरक्षाको लागि अपनाउनु पर्ने पूर्वसावधानी सम्बन्धी विवरण,

(ञ) वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य,

(ट) कुनै वस्तु प्रयोग गर्नुपूर्व कुनै प्रक्रिया पूरा गर्नु पर्ने भए त्यस्तो प्रक्रिया र त्यस्तो प्रक्रिया नपुर्‍याई प्रयोग गर्दा हुन सक्ने हानि, नोक्सानी,

(ठ) मानव स्वास्थ्यलाई हानि, पुर्‍याउने खालका पदार्थहरूको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिह्नको प्रयोग,

(ड) तोकिए बमोजिमका अन्य कुरा।

(३) उपदफा (२) बमोजिम लेबलमा उल्लेख गर्नु पर्ने कुराहरू सर्वसाधारणले बुझ्ने गरी नेपालभित्र उत्पादन भएका वस्तु भए उत्पादकले र पैठारी गरिएका वस्तु भए पैठारीकर्ताले नेपाली वा अङ्ग्रेजी भाषामा लेख्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम लेबल नलगाइएको वस्तु नेपालमा पैठारी र बिक्री वितरण गर्न पाइने छैन।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खुला रूपमा बिक्री गरिने तरकारी, फलफूल जस्ता उपभोग्य वस्तु बिक्री गर्दा यस दफामा लेखिएका कुरा उल्लेख गर्न आवश्यक हुने छैन। तर पैठारी भएका तरकारी र फलफूलमा लेबल लगाउनु पर्नेछ ।

लेखक: नेपाल सरकारकाे उप सचिव हुनुहुन्छ ।