फैजाने अहले वैतको गाऊपालिका स्तरिय समिति प्रतापपुरमा गठन

 

सहबान अन्सारी

नवलपरासी( बर्दघाट सुस्ता पश्चिम) फैजाने अहले वैत संस्था नवलपरासीले प्रतापपुर गाऊपालिका वडा नं ६ मा आईतवार गाऊपालिका स्तरिय समिति ग्यासुद्दिन अन्सारीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।
समितिका उपाध्यक्ष जमालुद्दिन मियाँ सचिव याकुब अन्सारी उपसचिव अब्दुल मजिद अन्सारी सदस्यहरु मुन्ना मियाँ, ओसीऊल्लाह मियाँ, मन्जुर आलम, ल्याकत अलि, अब्दुल रज्जाक, अब्दुल अलि, चयन हुनु भएको छ ।
मदरसा मदिनतूल ओलुम हरपुरको बिध्यालय ब्यस्थापन समितिका अध्यक्ष साकिर अन्सारीको अध्यक्षता तथा फैजाने अहले वैत संस्था नवलपरासीका अध्यक्ष अमरुल्लाह मियाँको प्रमुख अथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मियाँले धार्मिक संगठन बिस्तार गर्नुको साथै मदरसा शिक्षा गुणस्तरिय बनाऊनु पर्ने कुरामा जोड दिनु भयो ।
साथै मदरसाहरुमा सरकारलाई थप अनुदान तथा सेवा सुबिधा उपलब्ध गराउनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा शैयद गुलाम हुसैन, अमिर आजम,अल्सगिर हजाम, बासअलि मियाँ, हनिफ मियाँ, खुरसेद मियाँ लगायतहरुको उपस्थिति रहेको थियो।