प्रेस सेन्टर नेपालकाे ५ नं. प्रदेश स्तरीय भेला तथा प्रशिक्षण

ध्रुव नारायण बनिया, असोज ८ गते, लुम्बिनी ।

प्रेस सेन्टर नेपालकाे लुम्बिनीमा संचालित  ५ नं. प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम ५ बुंदे घाेषणा जारी गर्दै सम्पन्न भएकाे छ । पत्रकारहरुले पारीश्रमिक पाउनुपर्ने, स्थानीय तहमा सूचनाहरु प्रवाह गरेमा सामानुपातिक रुपमा प्रवाह हुनुपर्ने, लुम्बिनीलाई सरकारले बिकासका लागि बिशेष ध्यान दिनुपर्ने र सेन्टरका पत्रकारहरुले पनि बिकासतिर ध्यान दिनुपर्ने लगयतका ५ बुंदे रहेकाे छ ।

प्रदेशका अध्यक्ष मौसम रोकाको अध्यक्षतामा संचालित भेलामा माओवादी केन्द्र का प्रदेश नं.५ का फ्याक्सन इन्चार्ज नग प्रसाद शर्माको प्रमुख अतिथ्यता रहेकाे थियाे ।

असाेज ५ गते सम्पन्न कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय महासचिव बिष्णु साप्काेटा, बरिस्ठ पत्रकार टिकाराम राई, लुम्बिनी बिकास कोषका सदस्य सचिव अजितमान तामाङ सेन्टरका केन्द्रिय सदस्य गोपी ज्ञवाली लगायतकाको उपस्थित रहेको थियो ।