“प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगिता” जारी

नवलपरासी, पुस २६ ।

सरावल गाउँपालिकामा ‘‘प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीता–२०७५’’ सरावल गाउँपालिका वडा नं. ३ मा अवस्थित हिमालय युवा क्लब सरावलकाे खेल मैदानमा जारी रहेको छ ।

गाउँपालिका स्तरीय खेलकुद समितीको आयोजना तथा सरावल गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित माघे संक्रान्तिको पावन अवसरमा प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीता जारी रहेको छ ।

अाज भएको खेलमा बर्दघाट फुटबल क्लब बर्दघाट तथा द युनिटि फुटबल क्लब खैरहनि बिच भएको दाेस्राे राउन्डकाेे खेलमा द युनिटि फुटबल क्लब खैरहनि र बर्दघाट फुटबल क्लब बर्दघाट २/२ गोलले बराबरी अवस्थामा खेल सम्पन्न भएको हाे । सम्पन्न खेल लग्तै पेनाल्टिमा बर्दघाट फुटबल क्लब बर्दघाटले द युनिटि फुटबल क्लब खैरहनिलाई १ गाेलकाे बिरुद्ध ३ गाेल गरि बर्दघाट बिजयि भएको छ।

भएको खेलमा बर्दघाट फुटबल क्लब बर्दघाटका खेलाडी मिलन क्षेत्रीलाई म्यान अफ द म्याचले सरावल गाउँपालिका उपाध्यक्ष उतमा रायबाट ट्राफि सहित सम्मान गरिएको छ।

म्यान अफ द म्याचलाई सम्मान गर्दै सरावल गाउँपालिका उपाध्यक्ष रायले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिन्छ त्यसकारण खेलमा रुचि साथ लाग्न जरुरी छ। साथै खेलकाे माध्यमबाट शारीरिक विकासकाे साथ साथै एक आपसमा प्रेमकाे भावना बिकास हुन्छ र विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले पहल गर्ने र खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

यस्तै भोली हुने दाेस्राे राउन्डकाेे दाेस्राे दिनमा देशभक्त युवा क्लब मगरमुडहा र रेशमराज हातिवन बिच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता आउदो माघ पाँच गतेसम्म संचालन हुने खेलकुद समितीका अध्यक्ष महेन्द्र चौधरीले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा प्रथम हुनेलाई १ लाख २५ हजार र द्धित्तीय हुने समुहलाई ७५ हजार साथै गोल्ड मेडल प्रदान गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।