प्रतापपुर गा.पा. वासीकाे समस्या समाधान गर्नमा लागि परेको: कार्यवाहक अध्यक्ष चाैधरी

 उमेश बि.क १ असाेज
 
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेकाे सडक, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समस्याहरुलाई समाधान गर्न लागि परेकाे कार्यवाहक अध्यक्ष अन्जु चाैधरीले जानकारी दिनु भएकाे छ।
प्रतापपुर वडा न १ देखि ९ सम्मकाे समस्याहरुलाई समाधान गरि जनतालाई सहजता प्रदान गरिने अाफ्नाे मुख्य जिम्मेवारी रहेकाे प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
प्रतापपुर गाँउपालिका भारतकाे सिमा नाका सम्म बानावट रहेकाे यी क्षेत्रमा लागुपदार्थ दुर्ब्यसनि, चेलिबेटी बेचबिखन, महिला हिंसा, तथा गाडी दुर्घटना जस्ता घटनाहरु बढि हुने भएकाेले यश तर्फ पनि अाफु समाधानका लागि, लागि परेकाे बताउनु भयाे । 
गाँउपालिका अन्तर्गत रहेकाे यी विभिन्न समस्याहरु समाधान गर्न गाँउपालिकाले कुनै पनि कुरामा पछि नपर्ने ठाेकुवा गर्नु भयाे । गाँउपालिका अन्तर्गत रहेकाे सम्पुर्ण सरकारी गैरसरकारी संघसंस्थालाई प्रतापपुरकाे सम्पुर्ण समस्या समाधान गर्न सबैमिलेर जानू पर्ने सबैमा निर्देशन समेत गरिसकेकाे बताउनु भयाे ।
याे बर्षकाे खास गरि काेभिड बिशेष कार्यक्रम, सडक कालाेपत्रे शिक्षा, स्वास्थ्य, खानेपानि, युवा बिकास तालिम, निर्माण, महिला, बालबालिका, पिछडा बर्ग लगायत क्षेत्रकाे कार्यलाई निरन्तर्ता दिने जानकारी दिनुभएको छ।