पोखरीमा डुबेर बालिकाको मृत्यु

DCIM107MEDIA

लुम्बिनी १९ असोज ।

रुपन्देहीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । गाँउ नजिकैको पोखरीमा माछा मार्न गएकी लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ मोहसड निवासी अलिमुल्लाह मुसलमानकी ८ बर्षीया छोरी शादिया खातुनको असाेज १८ गते बुधवारका दिन दिउसो साढे दुइ बजे पानीमा डुबेर मृत्यु भएको हो ।

मृतक बालिकाकाे शव भैरहवा स्थित भीम अस्पतालमा पोष्टमार्टमका लागि पठाई आवश्यक कानूनी प्रक्रिया अघि बढाईएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावतक्षेत्रीले जानकारी गराए ।