पुजारीको हत्या गर्ने भारतिय नागरिक पक्राउ

नवलपरासी पश्चिम, ३० कार्तिक ।

सुस्तामा भएकाे एक हत्याकाे अाराेपीलाइ नवलपरासी प्रहरीले पक्राउ गरेकाे छ । हत्याका अाराेप लागेका २१ को वर्षे भारतीय नागरिक धनञ्जय मौर्यलाई कार्तिक २८ गतेका दिन प्रहरीले जिल्लाकाे सीमावर्ती क्षेत्रबाट पक्रेकाे हाे ।

माैर्य भारतकाे जिल्ला महराजगञ्ज, थाना निचलौल, पोष्ट औराटार, ग्राम कबेलवा, महेशपुरका स्थायी वासीन्दा हुन् । प्रहरीका अनुसार माैर्यले सुस्ता गाउँपालिका वडा नं ४ पश्चिम टाँडीमा कार्तिक ९ गते एक मन्दिरका पुजारी स्थानीय ७२ वर्षे महँगु केवटकाे हत्या गरी फरार रहेका थिए ।

घटना पश्चात थालिएकाे प्रहरी अनुसन्धानको क्रममा माैर्य कार्तिक २८ गते अन्दाजी दिउंसाे १ बजेर ३० मिनेटकाे समयमा नवलपरासीकाे प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवामा पक्राउ परेकाे बताइएकाे छ ।

प्रहरीका अनुसार मृतकको छोरीबाट अभियुक्तको सनाखत भएको र अभियुक्त धनञ्जय मौर्य आफु स्वयंले नै हत्या गरेको मौखिक बयानमा निज पुजारिको हत्या गरेको खुल्न आएको हुँदा निज धनञ्जय मौर्यलाई म्याद थप गरीने तयारी भईरहेको छ ।