पिकअप सहित १३ लाख बढीको मालसामान प्रहरी नियन्त्रण

संजय कुशवाहा / नवलपरासी ४ भदौ

पश्चिम नवलपरासीको बिभिन्न ठाँउहरुबाट करिब १३ लाख ५८ हजार मूल्य बराबरको अबैध मालसमान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिवार सुस्ता गाउँपालिका वडा नं. २ कुडिया स्थित रामनगरबाट कुडियातर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ च ०३१२ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा करिब ३० हजार मुल्य बराबरको ४० बोरा युरिया मल र पिकअप गाडीको मुल्य करिब १२ लाख बराबरको ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी कुडियाबाट खटिएको संयुक्त प्रहरीटोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी सरावल गाउँपालिका वडा नं. ७ झरही खोलाबाट भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको करिब ९० हजार मुल्य बराबरको २ वटा भैसी र १ वटा भैसीको पाडो सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।
त्यस्तै जिल्लाको सिमावर्ती क्षेत्रबाट करिब ३८ हजार मुल्य बराबरको मटर (केराउ) प्रतापपुर गाउँपालिका वडा नं. ४ हरपुरामा भारततर्फ अबैधरुपमा लैजादै गरेको ५ बोरा मटर (केराउ) प्रहरी चौकी पचपेडा र सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट ९ बोरा मटर मानिसहरुले साईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु बोरा फाली भगेका थिए ।
नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।