पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डाफोर कार्यक्रम

महेशपुर, ५ असोज ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्तालाई लगाम लगाउन उनैका वडाअध्क्षहरु एकजुट भएर कसिएका छन् ।

गाउँपालिकामा मनपरि गर्दै भष्टाचार र अनियमितता गर्ने र वडा अध्यक्ष समेतलाई कुटपिट गराउन खोजेपछि गाउँपालिकाका उपाध्यक्ष पवित्रा काेहांरकाे नेतृत्वमा ४ जना वडा अध्यक्षहरु साेमवार पत्रकार सम्मेलन गरी भण्डाफाेर गरेका हुन् ।

परासी स्थित विपि स्मृति भवनमा गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारको अध्यक्षतामा वडा १ अध्यक्ष लल्लन यादव, वडा २ का अध्यक्ष रामनगिना सिंह, वडा ४ का अध्यक्ष संजय कुमार पाठक, वडा ५ का अध्यक्ष ओम प्रकाश तेली, कार्यपालिका सदस्य कमलेश माली, कार्यपालिका सदस्य राजकुमारी सहितले गाउँपालिका अध्यक्ष दिपक गुप्ताको ज्यादती र अनियमितता बारे खाुलासा गरेका हुन् ।

गाउँपालिका अध्यक्षद्धारा वडा अध्यक्ष माथि कुटपिटको प्रयास गरिएकाे बताए । गएकाे भदाै ७ गते शुक्रबारका दिन गाउँपालिका दिपक गुप्ताले सोही गाउँपालिकाकाको वडा ५ का अध्यक्ष ओम प्रकाश गुप्तामाथि सांघातिक आक्रमण गराएको बताए ।

वडा अध्यक्ष गुप्ताले भने, गाउँपालिका अध्यक्ष दिपकले पालेको मुद्रे गुण्डाहरु लगाएर म माथि कुटपिट गर्ने प्रयास गराएपनि आफुँ गाउँपालिका भित्र भएकाले सुरक्षित भएको तर मेरो वडाका कार्यालय सहयोगी राजेश कुर्मीलाई ५÷६ जना मुद्रे केटाहरु हेलमेट र मास्क लगाई कुटपिट गर्दै गाली गलाैज गरेकाे बताए । गाउँपालिका अध्यक्ष गुप्ताले बाहिरबाट वाईसिएलका ५÷६ जना पालिएका गुण्डाहरु लगाएर वडा अध्यक्ष ओम प्रकाश गुप्ता माथि आक्रमण गराएको वडा अध्यक्ष गुप्ताले सम्मेलनमा बताए ।

काेराना भाईरसको रोकथाम तथा न्युनिकरणका लागि व्यवस्थापन गरिएको क्वारेन्टाईन तथा आईशोलेसनका साथै स्वास्थ्य सामाग्री खरिदको खर्च भरपाई माग गर्दा गापा अध्यक्षले नदिएको र संघ संस्थाद्धारा नगद तथा जिन्सी प्राप्त सहयोगको समेत विवरण दिन आलटाल गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै कार्यपालिकाको बोर्ड बैठकले १२ जना मात्र स्वयंसेक शिक्षक भर्नाका लागि निर्णय गरेपनि गाउँपालिका अध्यक्ष दिपकले सो निर्णयलाई लत्याउदै १४ जना भर्ना गरेको र सो भर्ना अवैधानिक रहेको भन्दै अख्तियार दुरुप्योग अनुसन्धान आयोग बुटवलले पत्र पठाएपनि ति शिक्षकहरुलाई मद थप्दै तलब खुवाउदै आएका विज्ञप्तीमा उल्लेख छ । पटक पटक ताकेदा गर्दापनि कार्यपालिकाको बैठक नबोलाउने र राजनितिक शक्तिको आँडमा धम्की र त्रास देखाउने गरेको वडाअध्यक्षहरुले आरोप लगाए ।

पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्रं यादव, मुकरजी गिरी, नेपाली कांग्रेसका सचिव विक्रम यादव, पार्टीका जिल्ला नेता राधेश्याम पाठक, पार्टीको संगठन विभाग प्रमुख राजेन्द्र सहानी लगायतले भ्रष्टाचार र कुटपिट गर्ने गाउँपालिका अध्यक्ष दिपक गुप्तालाई कार्वाहीको लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सो पत्रकार सम्मेलनमा र आगामीका दिनमा गरि कार्यहरु प्रति जसपाको पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको हो ।