पटाखा पडकाउदा ललितपुरमा एक घर जलेर नष्ट

उमेश बि.क / सरावल , १० कार्तिक

नवलपरासीको सरावल गाउँपालिका ४ ललितपुरमा अाज केटाकेटीले पटाखा पडकाउदा आगो लागेर एक गरिब परिवारको घर जलेर नष्ट भएको छ ।

अाज दिउँसो साढे ३ बजेको समयमा खेलीरहेको स्थानिय बालबालिकाहरुले पटाखा पडकाउदाँ एक गरिब परिवारको घरमा आगो लागी घरै जलेर नष्ट भएको हो ।

पटाखाले सल्गेको आगो सरावल गाउँपालिका ४ ललितपुर बस्ने उस्मान कुजडाको परालमा आगलागी भई आगो फैलिदै नजिकै रहेको २७ बर्षिय ह्देश धोबीको खपडाको घर जलेर नष्ट भएको वडा नं. ४ वडा अध्यक्ष छाेटेलाल यादवले जानकारी दिनुभएको छ।

आगोले धोबीको घरमा रहेको अनाज, कपडा लत्ता, भाँडाकुँडा, फर्निचर, टिभी डिभिडी, जस्ता लगायतका सम्पुर्ण सर–समान जलेर नष्ट भएको छ भने आगोले उक्त घरमा करिब ढाई लाख रुपैया बराबरको क्षति पुर्‍याएकाे गाेबरहिया प्रहरी चाैकि इन्चार्ज रामकाजि गुरुङले जनाएका छन ।

यता कुजडाले पनि धान दाँई गर्ने मेसिन र परालमा आगोले करिब २० हजारको क्षति पुर्‍याएकाे दावी गरेका छन् । आगोले घर जल्न थालेपछि स्थानियहरुले सहयोग गरि आगो निभाएका थिए ।