नेबिसंघ बेलाटारी क्याम्पस नेतृत्वमा गोकुल

सहबान अन्सारी, नवलपरासी, १४ चैत्र ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतापपुरमा रहेको त्रिभुवन क्याम्पस बेलाटारीमा नेबिसङ्घ को नेतृत्वमा गोकुल कुहार सर्बसम्मत भएका छन ।

बुधबार भएको कार्यक्रममा प्रतापपुर गाउपालिका वडा न.९ नेपाली काग्रेसको सभापति एव नवनिर्वाचित वडा अध्यक्ष हेमन्त कुमार पजियार ज्युको प्रमुख आतिथ्याता र नेबि सघ जिल्ला अध्यक्ष आदरणीय राजन भण्डारी ज्युको बिशिस्ट अतिथ्यतामा नेपाल बिद्यार्थी सघ त्रिभुवन क्याम्पस बेलाटारिको २७ सदस्य इकाई कार्यसमिति बनेको छ ।

प्रमुख अतिथि पजियारले नेपाली काङ्ग्रेसको नर्सरीको रुपमा रहेर काम गरि समाजलाई अगाडि बढाउनु पर्ने बताउनु भयो । त्यस्तै बिशिस्ट अतिथि नेबिसङ्घका जिल्ला सभापति राजन भन्डारीले पार्टीको नर्सरीको रुपमा नेबिसङ्घले काम गर्दै आम बिधार्थिहरुका समस्य समाधान गरि शैक्षिक गुणस्तरिय शिक्षाका लागी नेबिसङ्घ निरन्तर लागिरहने बताउनु भयो ।

कार्यक्रममा नेबिसङ्घ जिल्ला उपाध्यक्ष अनोज यादव, जिल्ला सचीव कमला राना लगायतले मन्तव्य राख्नु भएको थियो।