नेपाल रेडक्रस सोसाइटी बालपुरीले गर्‍याे बाढी पीडितलाई सहयोग

उमेश बि.क  नवलपरासी, १४ साउन

नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ दंगियामा बाढीबाट हुसेन मुसलमानकाे घर पुर्ण रुपमा क्षति भएको अनुगमन गर्दै नेपाल रेडक्रस सोसाइटी बालपुरी शाखा सरावलले राहत प्रदान गरेको छ ।

बाढीबाट घर पुर्ण रुपमा क्षति भएको मुसलमान परिवारलाई रेडक्रस सोसाइटी बालपुरी शाखाका सभापति प्रदिप अग्रहरी नेतृत्वको टोलीले उनलाई राहत रुवरुप कम्मल, बाल्टी, त्रिपाल, साडी, भाडा बर्तन, रुमाल, तन्ना लगाएतकाे सामाग्री हस्तान्तरण गरेका हुन् ।

अबिरल बर्षाकाे कारण मुसलमानकाे घर मंगलबार बिहान ८ बजे पुर्ण रुपमा क्षति भएको हाे । घर पुर्ण रुपमा क्षति हुदा अन्न लगाएत जिन्सी सामान र लत्ताकपडा पुरिएको हाे ।

सुत्न, बस्न खाना पकाउन समान नभएपछि उनका परिवारलाई रेडक्रसले तत्कालका लागि ओढ्ने ओछ्याउनेको व्यवस्था गर्नुका साथै खाना पकाउन भाँडाकुँडा र अन्य सामग्री उपलब्ध गराएका छौँ”, रेडक्रस सभापति अग्रहरीले भने, “८ जनाको परिवार रहेको उहाँ अहिले नजिकैको गोठमा बस्दै आएका छन् ।” उनीसंग भएको नगद, जिन्सी र अन्नपात बाढीबाट क्षति भएपछि पीडित मुसलमान परिवार निकै समस्यामा परेका छन् ।