नेपाल निजामती कर्मचारी संगठनकाे प्रथम जिल्ला अधिवेशन

पप्पु रेग्मी, नवलपरासी ।

नेपाल निजामती कर्मचारी संगठन बर्दघाट सुस्ता पूर्वको भेलाले बुधबार बेलुका कावासोतीमा प्रथम जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ ।

संगठनको केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलामा केन्द्रीय समितिका दर्जनभन्दा पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

नवलपुरको भेलाले कृष्ण प्रसाद पंथीको अध्यक्षतामा ११ सदस्यीय प्रथम जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । जसको उपाध्यक्षद्वयमा भोला प्रसाद बस्ताकोटी र निर्मला पौडेल रहनु भएको छ । त्यस्तै गरि सचिवमा कमल प्रसाद पोखरेल र सहसचिवमा नेल्सन सुवेदी एवं कोषाध्यक्ष मेनका रिजाल रहनु भएको छ ।

अधिवेशन आयोजक समितिका सदस्यहरूमा यादव अर्याल, वनिता तुलाधर, देबेन्द्र कुमाल, टंक प्रसाद सुवेदी र मञ्जुज्योति पाण्डे रहनु भएको छ ।

कृष्ण प्रसाद पंथीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्षद्वय कृष्णराज ढकाल र नौतन पोखरेल,महासचिव रेवन्त गौतम र सचिवद्वय भवानी खतिवडा र बेद प्रसाद खतिवडाको पनि उपस्थिति रहेको थियोे । त्यस्तै भेलामा केन्द्रीय सदस्यहरू देवेन्द्र खनाल, नारायण थापा, लाल प्रसाद पोखरेल र गोपाल गौतम नवलपरासी ईञ्चार्ज तथा चितवन अध्यक्ष फडेन्द्र खनालको पनि उपस्थिति रहेको थियो ।