नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ घटनाकाे सर्वत्र विराेध

१७ मंसिर, नवलपरासी । निषेधाज्ञा तोडेको आरोप लगाउदै सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएकाे घटनाकाे चारैतर्फ विराेध भइरहेकाे छ ।

पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको छ। सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो ।

त्यस्तै नवलपरासी नेपाली कांग्रेसले विराेध जनाएकाे छ । नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति विष्णु पाैडेलले वरिष्ठ नेता पाैडेललाइ पक्राउ गरेकाे घटना निन्दनीय भएकाे भन्दै अापत्ति जनाउनु भएकाे छ ।

त्यस्तै, नवलपरासी निर्वाचन क्षेत्र नं. १ काे प्रदेश सभा २ का क्षेत्रिय अध्यक्ष मुकुल कुमार अाचार्यले नेपाल कम्युनिष्ट पार्टीकाे सरकारले वरिष्ठ नेता पाैडेललाइ पक्राउ गरेकाे घटनाकाे भर्त्सना गर्दै अापत्ति जनाउनु भएकाे छ । क्षेत्रिय अध्यक्ष मुकुल कुमार अाचार्यले एक विज्ञप्ति जारी गर्दै सरकारले नेता पाैडेललाइ नियन्त्रणमा लिने दुस्साहस गरेर अलाेकतान्त्रिक चरित्र उजागर गरेकाे छ ।

अध्यक्ष अाचार्यले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, केपी ओलीको सरकारलाई मन परेन र तस्करले प्रशासनलाई हातमा लिएर निषेधाज्ञा गर्‍यो । अधिनायकवाद, फाँसीज्मतिर सरकार अगाडि बढ्यो ।

ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा  उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।