निषेधाज्ञा थप ४ दिन, पालना नगरे प्रहरीले कडा कार्वाही गर्ने चेतावनी

नवलपरासी, ६ भदाै

जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले भदाै ७ गतेदेखि लागु हुने गरि निषेधाज्ञाकाे अवधि ४ दिन थप गरेकाे छ । पश्चिम नवलपरासीमा यस अघि साउन ३२ गतेदेखि भदाै ६ गतेसम्म निषेधाज्ञा लागु गरिएकाे थियाे ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले सनिवार छुट्टाछुट्टै २ वटा सूचना जारी गर्दै निषेधाज्ञाकाे अवधि भदाै ७ गते देखि लागु हुने गरि भदाै १० गते राती १२ बजेसम्म लम्ब्याइएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जारी गरेकाे थप ४ दिने निषेधाज्ञाकाे सूचना

काेराेनाकाे बढदाे संक्रमणका कारण अनाश्वश्यक भीडभाड, सभा गाेष्ठी सेमिनार र मानिसकाे जमघट नगर्न भनेकाे छ । जिल्लाभित्र सञ्चालित बैंक, सहकारी तथा अन्य वित्तिय संस्थाहरूले समेत काराेबार भदाै १० गतेसम्म काराेबार बन्द गर्ने भनिएकाे छ । तर अति अावश्यक अवस्थालाइ दृष्टिगत गरि सम्पर्क व्यक्ति ताेकेर दैनिक जिवनमा अत्यन्त कठिनाइ भएमा सेवा दिने व्यवस्था मिलाउन समेत अादेश गरिएकाे छ ।