निषाद जातिले जनाए कडा विराेध

नेपाल देश विभिन्न जिल्लामा छरिएर बसेका निषाद जातिको प्रशिक्षण भईरहेको कार्यक्रममा निषाद केन्द्रका पधाधिकारीहरुले दलित आयोगले मल्लाह, विन राखेकोमा आपती जनाएको छ ।

निषाद उत्थान केन्द्र नेपाल शाखा मोरङको प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष श्री राज कुमार सहनीको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथी निषाद उत्थान केन्द्र नेपालको महासचिब ध्रुब लाल प्रसाद ननिषाद, बिशिस्ट अतिथी सन्कर सहनी , राकेश कुमार केवट निषाद , श्रीमती रामवती देवि निषाद , श्री प्रमोद पिया निषादको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा निषाद जातिको एतिहाशिक यसभुमिको बारेमा जानकारी प्राप्त नगरी दलित आयोगले मुखिया(विन) , सहनी (मल्लाह) भनी राखेकोले निषाद उत्थान केन्द्र नेपालको पधाधिकारीहरुको खेद र आक्रोश पोखेको छ ।

यदि दलित आयोगले नसचियाएको खण्डमा निषाद उत्थान् केन्द्र नेपाल बिरोध बाध्य हुने बताए ।

मेचीदेखि महाकालीसम्म निषाद जागरण माहाअभियानको क्रममा प्रशिक्षणको पनि चलिरहेको गायक प्रमोद पियाले बताउनु भयो । यस्तै यो प्रशिक्षण कार्यक्रम सुनसरी , झापा र मोरङ्म जारी रहेको पियाले वताए ।